४ कार्तिक २०८३, मंगलवार

 

सल्यान–सुखौरा–डाँडाखेत सडकको उद्घाटन, कृषि उत्पादनले बजार पाउँछ–सांसद पौडेल

सांसद प्रकाश शर्मा पौडेलले गाउँ गाँउमा यातायातको पहुँच पु¥याउनका लागि सडक निर्माणलाई नै विकासको पहिलो पुर्वधारको रुपमा अगाडि बढाउनुपर्ने बताउनुभएका छन् ।
आईतबार बागलुङको बरेङ गाउँपालिका वडा नं. ५ सुखौरामा सल्यान, सुखौरा डाँडखेत हटिया मोटरबाटो खण्डको उदघाट्न गदै यस्तो बताएका हुन् । उनले यातायातको पहुँच सँगै गाउँको विकासमा टेवा पुग्ने हुँदा ग्रामिण भगेमा यसलाई पहिलो प्राथमिकता साथ लैजानुपर्ने बताए । सांसद पौडेलले कृषि र स्थानिय उत्पादनले अब सजिलै बजार पाउने र किसानहरुलाई पनि उत्पादन मुखि बन्न यातायातले प्रेरित गर्ने बताए ।
जिल्लाको सडक संजाल सँग अलि विकट मानिएको सुखौरामा अहिले बागलुङ बजारबाट ४ घण्टामा सजिलै जान सकिन्छ । कार्यक्रममा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले गलकोट नगरपालिका सँग जोडिएको सडक भएका कारण हरेक कुरामा आफुहरु समन्वय गरेर जाने बताए ।
निर्वाचन क्षेत्र विकास पुर्वाधार विशेष कार्यक्रमको १२ लाख अनुदान र स्थानिय जनश्रमदान बाट २ लाख २९ हजार ८ सय २७ गरी कुल १४ लाख १३ हजार ८ सय २७ लागतमा यस वर्ष सडक निर्माण गरिएको उक्त सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष डिलप्रसाद शर्माले जानकारी दिए ।
हामी विभिन्न निकायको अनुदानको अवला स्थानियले ऋण काडेर यहाँ सम्म बाटो ल्याउन सफल भईयो अबको दिनमा सहयोगको अपेक्षा गरेका छौ शर्माले भने । अहिले सबैको सहयोगले गाउँमा बाटो आउँदा निकै खुसी लागेको छ ।

उदघाट्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव धर्म कुँवर, गलकोट नगरपालिका वडा नम्बर २ हटियाका वडा अध्यक्ष विरजंग भण्डारी, बरेङ गाउँपालिका वडा नं. ५ सुखौराका वडा अध्यक्ष अमर बहादुर शेरपुन्जा, नेपाल विद्यार्थीका केन्द्रिय सहमहामन्त्री हरिहर शर्मा, लगायतले बोलेका थिए ।
कार्यक्रम सल्यान,सुखौरा डाँडखेत हटिया मोटरबाटो सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष डिल प्रसाद शर्माको अध्यक्षता सदस्य लाल बहादुर पुनको स्वागत र मुकुन्द शर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung