४ कार्तिक २०८३, मंगलवार

 

पाण्डवखनीमा गोठ जलेर नष्ट, भैंसि समेत प¥यो

गलकोट नगरपालिक–१० पाण्डबखानीमा एक गोठ जलेर नष्ट भएको छ । स्थानिय खर्कबहादुर पुनको गोठमा गयराति आगलागि हुँदा जलेको हो ।

आगलागिबाट गोठमा रहेका सबै सामग्री जल्नुको साथै एउटा भैँसी समेत मरेको स्थानीयले बताएका छन् । भैँसीको एउटा पाडो पनि जलेर गम्भिर घाईते भएको छ ।

दिउँसो गोठमा खाजा पकाउन सल्काएको आगो हावाले उडाएर सल्किएपछि आगलागि भएको हुनसक्ने स्थानियले अनुमान गरेका छन् ।
स्थानीयले रातको ८ बजेतिर गोठमा आगो लागेको देखेको बताए पनि आगो निभाउने प्रयास नभएका कारण गोठ पुर्ण रुपमा जलेर नष्ट भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung