१ जेष्ठ २०८२, बिहीबार

 

ताराखोला सामुदायिक विद्युतको प्रगति- सवा ९ करोड अनुदान स्विकृत, १ बर्ष भित्र विजुली बल्ने

स्थानिय समुदायको लगानीमा निर्माण गर्न लागिएको ताराखोला सामुदायिक जलविद्युत आयोजनाको लाग सवा ९ करोड सरकारी अनुदान स्विकृत भएको छ ।

विद्युत आयोजना निर्माणको लागि गत बैसाख अन्तिम साता ९ करोड १२ लाख रुपैयाँ अनुदान स्विकृत भएको आयोजनाले जनाएको छ ।
३ सय ८० किलोवाट क्षमताको आयोजनाको कुल लागत मध्ये झण्डै आधा रकम नेपाल सरकारबाट अनुदान प्राप्त भएको हो । आयोजनाको जम्मा लागत १८ करोड २ लाख रहेको छ ।

आयोजनाका सचिव कुलबहादुर रोकाले जानकारी दिए । उनले अबको एक बर्ष भित्र आयोजनामा विद्युत बल्ने बताए ।
आयोजना सम्पन्न गर्नको लागि स्थानियबाट शेयर संकलन करी ५ करोड ५ लाख २ हजार ५ सय ७० रुपैया जुटाईएको छ ।

आयोजनाको लागि सरकारी अनुदानबाट ९ करोड २ लाख, समुदायबाट सेयर लगानी ५ करोड ५ लाख २ हजार ५ सय ७० रुपैया गरि जम्मा १४ करोड ७ लाख २ हजार ५ सय ७० रुपैयाँ जुटेको छ । अझै ४ करोड रकम अपुग आयोजनाले जनाएको छ । नपुग रकम जुटाउनस्थानिय समुदायमै शेयर विक्री गर्ने गरी जनताको घरदैलो अभियान चलाईएको छ । पहिलो प्राथमिकता समुदायलाई नै लगानी गराउने रहेपनि स्थानिय रुपमा सेयर विक्रिबाट नपुग भएको रकम बाहिरबाट जुटाउने तयारी आयोजनाले गरेको छ ।

अहिलेसम्म विद्युतको कुलो निमार्णको कार्य ७५ प्रतिशत सकिएको आयोजनाको भनाई छ । कुलो निर्माण तथा पाईप जडान कार्य अहिले पनि चलिरहेको छ ।

विद्युत आयोजना निर्माणको लागि सुर्य हैम्जो जेवि कम्पनीसँग सम्झौता भएको छ । निर्माणको प्रगतिको आधारमा कम्पनीले १ करोड ८२ लाख ४० हजार भुक्तानी पाएको छ । कार्य प्रगतिको आधारमा २० प्रतिशत रकम भुक्तानी हुने र ३० प्रतिशन रकम निर्माण कार्य सम्पन्न भएपछि मुक्तानी दिईने छ ।

थप बाँकी रकमको पुरै भुक्तानी विद्युत बलेको १ बर्ष पछि दिने सम्झौता भएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung