७ जेष्ठ २०८१, सोमबार

 

बागलुङ बाल विकासमा नमुना बन्दै

प्रारम्भिक बालबिकास केन्द्रका सहजकर्ताको लागि पेशागत क्षमता विकास सम्बन्धि दोस्रो चरणको तालिम मंगलबार सम्पन्न भएको छ ।

तालिमको समापन गर्दै बागलुङका जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रले बालबालिकाको भविष्य निर्माणका लागि बालबिकास महत्पुर्ण भएकोले यसप्रति सवैले ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले शिक्षाको अधिकार समेत स्थानीय तहमा दिईएकाले नगरपालिका र गाउँपालिकाबाटै बालबिकासको काम हुने बताए । जनप्रतिनिधिहरुलाई पनि बालविकासको क्षेत्रमा अलि बढि ध्यान दिएर काम गर्न जिशिअ मिश्रले आग्रह गरे ।

बागलुङमा बाल शिक्षाको काम नमुना बन्दै गएको भन्दै यसका लागि बालबिकास केन्द्रका सहजकर्ताको भुमिका प्रशंसनिय रहेको उनको भनाई थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका योजना तथा प्रशासकिय अधिकृत युक्तिप्रसाद सुवेदी, जिल्ला शिक्षा कार्यालयका साखा अधिकृत सरितादेवि शर्मा, तालिमका प्रशिक्षक पम्फा खड्का र सहभागीको तर्फबाट दिलकुमारी थापाले बन्तव्य राखेका थिए ।

तालिम जिल्ला शिक्षा कार्यालय बागलुङ, सेतो गुराँस बाल विकास सेवा बागलुङ, बागलुङ नगरपालिका कार्यालय र जिल्ला समन्वय समिति बागलुङको सहकार्यमा भएको हो ।

कार्यक्रम सेतो गुराँस बाल विकासका अध्यक्ष महेशचन्द प्रधानको अध्यक्षता र विद्यालय निरीक्षक प्रकाशबन्दु अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्