४ कार्तिक २०८३, मंगलवार

 

स्वर्गिय थापाको निधनमा श्रदाञ्जली सभा

चारतारे युवा क्लव नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी बागलुङले संस्थाका पुर्व पदाधिकारी तथा बर्तमान सदस्यका अभिभावकको निधनम श्रदाञ्जली सभा गरेको छ ।

सहकारीका पुर्व सचिव राजु थापा, नरेन्द्र थापा र धनवहादुर थापाका आमा तथा संस्थाका सदस्य चन्द्रकला थापा, सावीत्री थापा र अनु थापाका सासु बानपा–९, तित्याङका स्वर्गिय मनकुमारी थापको निधमा श्रदाञ्जली सभा गरिएको हो । थापाको ७८ वर्षको उमेरमा जेठ २२ गतेका दिन निधन भएको थियो ।

सहकारीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल नेतृत्वको टोलीले ९ औँ दिनको पुण्य तिथीमा घरमै पुगेर शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै नगद २० हजार रुपैयाँ राहत प्रदान गरेको थियो ।

कार्यक्रममा सांसद् प्रकाश शर्माले सामाजिक रुपमा सक्रिय सदस्यको निधनले आफु दुखि भएको भन्दै सोकलाई शक्तिमा बदलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा अध्यक्ष पौडेलले स्व. थापा सिवाईसीको समेत अभिभावक भएको भन्दै उनको निधनले सिवाईसी मर्माहित भएको र संस्थालाई अपुरणिय क्षती पुगेको बताए । कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रिय सहमहामन्त्री हरिहर शर्मा, नेपाल महिला संघका केन्द्रिय सदस्य पार्वती आचार्य, नेपाल महिला संघ बागलुङका अध्यक्ष सकुन्तला शर्मा लगायतले सोक मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung