६ जेष्ठ २०८१, आईतवार

 

दुई बर्षमा सिवाईसीको सेयर सदस्य १० हजार र कारोवार १ अर्व

प्रदेश नं. ४ मै ठुलो कारोवार गर्दै आएको सिवाईसी बचत तथा ऋण सहकारी बागलुङले अबको दुई बर्षमा सेयर सदस्य १० हजार र कारोबार १ अर्ब पु¥याउने भएको छ ।
तिन दिनसम्म पोखरामा भएको त्रिबर्षिय रणनैतिक योजना तर्जुमा गोष्टिले यस्तो योजनााबनाएको अध्यक्ष चण्डीप्रसाद शर्माले जानकारी दिए ।

सहकारीले आर्थिक वर्ष ०७५।०७६ सम्ममा सहकारीको सेयर सदस्य संख्या १० हजार ५ सय र कारोवार १ अर्व ५ करोड बनाउने गरी त्रिवर्षिय व्यवसायीक रणनैतीक योजना तयार गरेको हो।

संस्थाका सञ्चालक समिति, उपसमिति सदस्य, सेवा केन्द्रका संयोजक र व्यवस्थापन टिमको सहभागितामा जेठ २७ देखी २९ सम्म भएको योजना तर्जुमा गोष्ठिवाट सहकारीको लक्ष्य निर्धारण गरिएको हो ।

यो अबधिमा सहकारीको शेयर पुँजी १६ करोड, बचत ७३ करोड ५० लाख, लगानीमा रहिरहने ऋण ८४ करोड र संस्थागत पुँजी ६ करोड ३० लाख पु¥याउने लक्ष्य छ ।

व्यवासायीक रणनैतीक योजनामा वित्तीय योजना, सदस्य सेवाको योजना, आन्तरीक व्यवसायीक योजना र नेतृत्व तथा व्यवस्थापन विकास योजना गरी ४ वटा क्षेत्रलाई आधार बनाई तय गरेको अध्यक्ष शर्माले जानकारी दिए ।

योजनामा ३ वर्षमा तरलता १५ देखी २० प्रतिशत, नकमाउने सम्पती कुल सम्पतीको ५ प्रतीशत, ऋणको नविकरण पुर्ण रुपले वन्द गर्ने, २ वटा सदस्य सेवा केन्द्रहरुको विस्तार, बचतमा उल्लेख्य वृद्धि, भाखा नाघेको ऋण न्यूनीकरण लगाएतका विषयहरुलाई प्राथामिकतामा राखीएको पौडेलले बताए ।

३ दिन सम्म सञ्चालतीत कार्यक्रमको प्रशिक्षण नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कुनका कोषाध्यक्ष केशवप्रसाद पोखरेलले गरेका थिए ।

कार्यक्रमको समापनमा सहकारीका अध्यक्ष शर्माको अध्यक्षता र प्रवन्धक नवराज शर्माको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्