४ कार्तिक २०८३, मंगलवार

 

धाैलागिरि संचार क्लबले समसामयिक बिषयमा नियमित अन्तरक्रिया गर्ने 

बागलुङमा क्रियाशील संचार कर्मिहरूकाे बैठकले धाैलागिरि संचार क्लब बागलुङ लाई सक्रिय बनाउदै जिल्लामा समसामयिक बिषयमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।
क्लबका संयाेजक राजेशचन्द्र राजभण्डारीकाे अध्यक्षतामा भएको बैठकले जिल्लामा क्रियाशील पत्रकारहरूले धाैलागिरि संचार क्लब बागलुङ लाई सबै पत्रकारकाे साझा संस्थाकाे रूपमा बिकास गर्दै राजनीति सामाजिक धार्मिक अार्थिक पर्यटन देखि सबै सम सामयिक बिषयमा सराेकारवाला ब्यक्तिलाई उपस्थित गराएर ३० मिनेट काे अन्तरक्रिया हप्ताको एकपटक गर्ने निर्णय गरेको क्लबका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताउनु भयो ।
असार १ गते बिहिवार दिउँसो १ बजे बागलुङ जिल्लाकाे शान्ति सुरक्षा लगायतका बिषयमा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी संग पहिलो अन्तरक्रिया गर्ने क्लबले जनाएको छ ।समय बलवान् छ समयकाे महत्त्व लाई ध्यानमा राखी कार्यक्रम निर्धारित समयमा सुरू गर्ने निश्चित समयमा सक्ने समेत निर्णय गरेको छ ।
संचार क्लबमा राजेशचन्द्र राजभण्डारी संयाेजक सदस्यहरूमा प्रदिप पन्त, राम थापा,  किरण अाचार्य, प्रकाश बराल, सुबास अाचार्य, काेपिला कडेल, सृजना पन्त, संगम घर्ती, नारायण रिजाल, कृष्ण कँडेल, सम्झना शर्मा, बिक्रम सुनार, मन्जुल शाक्य, सुबास गाैतम, हरि शर्मा, नवीन शिशिर बिक, खगेन्द्र बिक र  रबिना बाेहरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung