६ जेष्ठ २०८१, आईतवार

 

हातेकागज प्रशोधनका लागि विटर मेशिन हस्तान्तरण

नेपाल उघोग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठले विटर मेसिन डुँडेलेक हाते कागज उत्पादन समुह तारालाई प्रदान गरेका छन् ।

एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत ताराखोलामा सञ्चालित हाते कागज उद्यामका लागि सहयोग पु¥याउने उदेश्यले १ लाख ८० हजार रुपैयाँ पर्ने मेसिन सहयोग गरिएको हो ।

केन्द्रिय सदस्य श्रेष्ठले एक कार्यक्रम विच नेपाली हाते कागज प्रशोधन गर्ने मेशिन डुडे लेक हाते कागज उत्पादन समुह सिपका अध्यक्ष हर्कबहादुर धर्तीलाई हस्तान्तरण गरेका हुन् ।
मेसिनबाट लोक्ता प्रशोधन गर्दा समयको वचत हुने, गुणस्तरीयता बढ्ने, सामान धेरै उत्पादन हुने र बजारमा पहुँच विस्तार गर्न मद्दत हुने श्रेष्ठले बताए ।

बागलुङ उघोग वाणिज्य संघका अध्यक्ष जयराम भारीले एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत प्रदान गरिएको मेशिनको सदुपयोगले नेपाली हाते कागज उघोगको गुणस्तरीय विकासमा सहयोग पुग्ने बताए ।

डँुडेलेक हाते कागज उत्पादन समुहका अध्यक्ष हर्कबहादुर धर्तीले बागलुङ उघोग वाणिज्य संघलाई धन्यवाद दिदै मेशिनको सदुपयोग गरेर समुहले नेपाली कागजबाट बन्ने सामग्री उत्पादन गरेर समुहको आर्थिक स्थितिमा सुधार गर्ने बताए ।

कार्यक्रममा नयाँविश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारीले स्थानीय  स्रोत तथा सामग्रीको प्रयोगबाट उद्याम सञ्चालन गरि आर्थिक रुपमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रम बागलुङ उघोग वाणिज्य संघका अध्यक्ष जयराम भारीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारीको स्वागत र एक गाउँ एक उत्पादन उपसमितिका संयोजक संजय कुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्