
बिहीबारबाट शुरु भएको कक्षा ११ को परीक्षामा अर्कैको नाममा परीक्षा दिन गएका एक जना युवा पक्राउ परेका छन् । तिनकुने स्थित नासा ईन्टरनेशनल कलेज सेण्टरमा परीक्षा दिन गएका पवन राईलाई पक्रेर प्रहरीको जिम्मा लगाईएको परीक्षा केन्द्र श्रोतले जनाएको छ ।
खोटाङ् दिक्तेलका राई कोटेश्वर बहुमखि क्याम्पसका विद्यार्थी पवन रेग्मीको नाममा परीक्षा दिन गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बानेश्वर प्रहरीले जनाएको छ ।
परीक्षामा अमर्यादित काम गर्नेलाई ६ महिना जेल र रु. एक लाख सम्म जरिवानाको ब्यवस्था छ । यो विषयका बारेमा जानकारी प्राप्त भएपनि निर्णय गर्न बाँकी रहेको नियन्त्रक डम्बर कुमार बतासले बताए ।