५ कार्तिक २०८३, बुधबार

 

बागलुङमा विकास पत्रकारिता तालिम शुरू

बिकासका समाचार लाई संचार माध्यम बाट बाहिर ल्याउने उदेश्य ले बागलुङ सदरमुकामा ५ दिने आर्थिक पत्रकारीता तालिम शुरू भएको छ ।  राष्ट्रिय संचार बिकास केन्द्र काठमाडौको आयोजना र नेपाल पत्रकार महासंघ बागलुङको संयोजनमा तालिम सुरु भएको हो ।

पत्रकारको क्षमता अभिबृद्दि गर्ने पत्रकार लाई जवाफदेहि पत्रकारितातर्फ प्रेरित गर्ने अभियान अन्तरगत बागलुङमा तालिमको आयोजना गरिएको राष्ट्रिय सञ्चार बिकास केन्द्रका कार्यकारी निर्देशक बिण्णुप्रसाद शर्मा पराजुलीले बताए ।

बिकासले पारेको प्रभाव र बिकासले गरेको असर बारे उठाउनु पर्ने बिषय तथा मुद्दामा समाचार बढि आउनुपर्ने तर्फ बहस जरुरी रहेको शर्माले बताए ।  आर्थिक अभियान दैनिकका सम्पादक प्रमोद प्रधानले राजनीति भन्दा आर्थिक र बिकासको खबर लेख्न जरुरी रहेको धारणा राखे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बर्तमान समयमा विकास पत्रकारिता तर्फ पत्रकारहरुको लेखन केन्द्रित हुनुपर्नेमा जोड दिए । पत्रकारिता सन्तुलित भए मात्र सहि खबर आउने प्रजिअ तिवारीको भनाई थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदी, जिल्ला समन्वय समिति बागलुङका सुचना अधिकृत अखिल नाथ शर्मा, नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष राजेशचन्द्र राजभण्डारी, उच्च अदालत पोखराको बागलुङ ईजलास बार एशोसियसनका अध्यक्ष केशब पराजुली र सल्लाहकार कोपिला कडेलले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषको अध्यक्षता, कोषाध्यक्ष बिजय रानाको स्वागत र सचिब राम थापा अविरलको सञ्चालनमा सम्पन्न भएको थियो ।

तालिममा विकास पत्रकारिताका विभिन्न पक्षको बारेमा सहजिकारण हुने आयोजकले जनाएको छ । तालिमको सहजिकारण राष्ट्रिय सञ्चार विकास केन्द्रका कार्याकारी निर्देशक विष्णुप्रसाद शर्मा र आर्थिक अभियान दैनिकका सम्पादक प्रमोद प्रधानले गर्नेछन् । तालिममा बागलुङ जिल्लाका क्रियाशिल दुई दर्जन पत्रकारको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung