३ कार्तिक २०८३, सोमबार

 

विद्यामन्दिर माविमा छात्राबास भबन शिलान्यास

धौलागिरि अन्चलकै सबैभन्दा पुरानो सामुदायिक बिद्यालय बिद्यामन्दिर माध्यमिक बिद्यालयमा अध्ययन गर्ने गरिब तथा न्यून आय भएका बिद्यार्थी लाई सुबिधा सम्पन्न छात्रावास बनाउनका लागि एक कार्यक्रम बिच शिलान्यास गरियो ।

बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले धार्मिक विधि अनुसार छात्रावास भबनको शिलान्यास गर्दै इतिहास बोकेको धौलागिरिकै सबैभन्दा पुरानो बिद्यालय सुबिधा सम्पन्न संगै अहिले छात्रावास पनि सोही अनुसार नयाँ सुबिधा सम्पन्न बन्नु समाजको लागि सकारात्मक पक्ष भएको बताए ।

अब शिक्षा लाई पनि गुणस्तरीय बनाउन बिद्यार्थी लाई नैतिकवान चरित्र बान बनाउने भुमिका शिक्षकले खेल्न जरुरी रहेको बताउदै बिद्यालयको लागि आफुले गर्न सक्ने सबै प्रकारको सहयोग गर्न तयार रहेको नगर प्रमुख पौडेलले बताए ।

बागलुङ नगरपालिका वडा नम्बर ३ शिबधारा चोकमा रहेको बिद्यालयको आफ्नै जग्गामा ८ कोठे सुबिधा सम्पन्न भबन बनाउन जिल्ला शिक्षा कार्यालय बागलुङ बाट ६० लाख र बिद्यालय को तर्फबाट १० लागि गरि कुल ७० लाखको लागतमा भबन सम्पन्न गर्ने लक्ष रहेको बिद्यालयका प्राचार्य जगन्नाथ आचार्यले बताए ।

बिद्यार्थीको लागि सुबिधा सम्पन्न छात्रावास सम्पन्न भए पछि यश बिद्यालयमा अध्यन गर्न आउने बाहिरी जिल्ला र ग्रामीण भेगका बिद्यार्थी लाई पढ्न बस्न भने सुबिधा हुने प्राचार्य आचार्यले बताए ।

कक्षा १ देखि १२ सम्म संचालित यश बिद्यालयमा १२०० जना बिद्यार्थीले अध्ययन गरिरहेका छन् भने ५२ जना शिक्षकले सेवा दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung