३ कार्तिक २०८३, सोमबार

 

अमृत आदर्शले ग¥यो (SEE) उतिर्ण विद्यार्थीलाई सम्मान

अमृत आदर्श माद्यमिक विद्यालय बागलुङले माध्यमिक शिक्षा परिक्षा (एसईई) मा सहभागी भई उतिर्ण विद्यार्थीलाई बधाई ज्ञापन गरेको छ । विद्यालयले मंगलबार बधाई तथा सुभकामना कार्यक्रमको आयोजना गरि विद्यार्थीलाई शुभकामना सहित सम्मान गरेको हो ।

२०७३ सालको एसईई परिक्षमा अमृतबाट ३४ जना विद्यार्थी सहभागी भएकोमा ९ जना विद्यार्थीले ए प्लस गे्रड प्राप्त गरेर उतिर्ण भएका थिए ।त्यस्तै २३ जना विद्यार्थीले ए ग्रेड, १ जनाले वि प्लस र अर्का १ जना विद्यार्थीले वि ग्रेड प्राप्त गरेका थिए । उनीहरुलाई मायाको चिनो सहित अबिर र खादा लगाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल महेशचन्द्र प्रधानले परिक्षामा सफल भएका विद्यार्थीलाई बधाई दिँदै आगामी दिनमा थप शैक्षिक सफलताको कामना गरेका थिए । उनले विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थान सवैको मेहनतमा विद्यालयले राम्रो नतिजा प्राप्त गरेको भन्दै सवैलाई धन्यवाद दिएका थिए । प्रधानले विद्यालयका अहिलेसम्माका उपलब्धि र आगामी योजना समेत प्रश्तुत गरेका थिए ।

अभिभाबक गोकुल कँडेल र प्रतिमा विकले आफ्ना बालबालिकाले प्राप्त गरेको नतिजाबाट आफुहरु सुख भएको भन्दै आगमी दिनमा अझै राम्रो नजिताका लागि विद्यालयलाई शुभकामना दिएका थिए ।

ए प्लस ग्रेड प्राप्त गर्ने रश्किन विक र ए ग्रडे प्राप्त गर्ने विद्यार्थी सिजन सापकोटाले आगमी दिनमा थप राम्रो नतिजा ल्याउने गरि आफ्नौ अध्ययनलाई अघि बढाउने बताए । कार्यक्रममा शिक्षक भक्तिराम न्यौपानले पनि शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम विद्यालय सञ्चालक सदस्य कृष्णबहादुर श्रेष्ठको अध्यक्षता, सहायक प्रिन्सिपल दिर्घबहादुर हमालको स्वागत र शिक्षक सरोजराज पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung