३० बैशाख २०८२, मंगलवार

 

न्यु ओएसिसले ल्यायो ‘धौलागिरीमै पहिलो होटेल म्यानेजमेन्टको पढाई’

- यो बर्ष ४० जना विद्यार्थीको कोटा

चालु शैक्षिक सत्रदेखि ‘होटेल म्यानेजमेन्ट’ (होटेल व्यवस्थापन) को पढाई बागलुङमै सुरु भएको छ । यस बर्षदेखि न्यु ओएसिस एकेडेमीले होटेल व्यवस्थापन सम्बन्धि पढाई सुरु गरेको हो ।

शिक्षा बिभाग मार्फत जिल्ला शिक्षा कार्यालय बागलुङबाट अनुमति लिएर कक्षा ११ मा पठनपाठन सुरु गरेको प्रिन्सिपल नेत्र न्यौपानेले जानकारी दिए ।

उनले नेपाल सरकारबाट अनुमति लिएर ‘धौलागिरीमै पहिलो पटक’ आफुहरुले होटेल म्यानेजमेन्टको कक्षा सुरु गरेको बताए । यो बर्ष ४० जनाको कोटा निर्धारण गरिएको छ । शिक्षक काठमाण्डौबाटै ल्याईएको विद्यालयले जनाएको छ ।

कक्षा सञ्चालन बागलुङ नगरपालिका–३ उपल्लाचौरमा रहेको न्यु ओएसिस एकेडेमीमा हुनेछ । नियमित प्रयोगात्मक सिकाई स्थानीय रुपमा बागलुङमै रहेको होटेल रेड याप्पलमा सञ्चालन हुने प्रिन्सिपल न्यौपानेले जानकारी दिए ।

‘प्रयोगात्मक सिकाई र प्रशिक्षणका लागि विद्यार्थीलाई पोखरा काठमाण्डौका तारे होटेलमै लगेर अभ्यास गराउँछौँ,’ न्यौपानेले भने, ‘होटेल व्यवस्थानको क्षेत्रमा योग्य जनशक्तिको माग बढिरहेको छ, हामीले स्थानीय र अन्तराष्ट्रिय रुपमा पनि विक्ने जनशक्ति तयार गर्ने उदेश्य सहित बढाई सुरु गरेका हौँ ।’

 

होटेल व्यवस्थान पढ्न धौलागिरीबाट प्रत्येक बर्ष धेरै विद्यार्थी पोखरा, काठमाण्डौ गईरहेको उनको भनाई छ । आफ्नै ठाउँमा कक्षा सञ्चालन भएपछि ठुला शहरको तुलनामा विद्यार्थीले कम लगानीमै पढ्न पाउने छन् ।

न्यौपानेले यसअघि आफ्नै विद्यालयबाट पनि प्रत्यक बर्ष ५, ६ जना विद्यार्थी होटेल व्यवस्थान पढ्न बहिर जाने गरेको बताए ।

कक्षा ११ मा कुन–कुन विषय हुन्छन् ?
१. होटेल म्यानेजमेन्ट (पुर्णाङ्क–१००) लिखित प्रयोगात्मक गरेर
२. लेखा (पुर्णाङ्क–१००)
३. अनिवार्य नेपाली (पुर्णाङ्क–१००)
४. अनिवार्य अंग्रेजी (पुर्णाङ्क–१००)
५. अर्थशास्त्र (पुर्णाङ्क–१००)

अर्थशास्त्रको ठाउँमा मिल्ने गरी रुचि अनुसार व्यवस्थानका अरु विषय पनि छनोट गर्न सकिने ।

प्रिन्सिपल नेत्र न्यौपाने

 

 

कति खर्च लाग्छ ?
१. भर्ना शुल्क ५ हजार
२. प्रयोगशाला शुल्क १० हजार
३. मासिक शुल्क २ हजार ५ सय

नोट–अहिले भारत, खाडी मुलक तथा जापान लगायतका विकासित मुलुकमा पनि नेपालबाट रोजगारीका लागि होटेलमा जाने र गरिरहेका नेपालीको संख्या ठुलो छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung