१ जेष्ठ २०८२, बिहीबार

 

अपाङ्गता सदस्यको आयआर्जन बढाउन चल्ला प्रदान गरियो

अपाङ्गता भएकाहरुको आम्दानी बढाएर शसक्तिकरण गर्दै आत्मनिर्भर बनाउने उदेश्यले उनीहरुलाई कुखुराका चल्ला प्रदान गरिएको छ । अपाङ्गता सरोकार सघं बागलुङ्गले बागलुङ नगरपालिकाको तित्याङ्गमा रहेको गामाटोल स्वाबलम्बन समुहका १६ जना सदस्यलाई चल्ला प्रदान गरेको हो ।

यो कार्यक्रमका लागि जिल्ला पशुसेवा कार्यालय बागलुङको सहयोग छ । अपाङ्गता भएकालाई शसक्तिकरण गर्न उनीहरुलाई जनही ३० वटा चल्ला दिईएको छ ।

चल्ला जिल्ला पशुसेवा कार्यलयका बरिष्ठ पशु बिकास अधिकृत डा.गोपाल गिरीले प्रदान अपाङ्गता परिवारका सदस्यलाई प्रदान गरे । चल्ला दिएपछि डा. गिरीले बास्तविक आवश्यकतालाई ध्यानमा राखेर यो कार्यक्रम तय गरेको बताए । अपाङ्गता भएका सदस्यको सशक्तिकरण गर्दै आयआर्जन बढाउन सवैको सहयोग चाहिने उनको भनाई थियो ।

सो अवसरमा राष्ट्रिय उपभोक्ता मञ्च बागलुङ्गका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, अपाङ्गता भएकाहरुको संजाल बागलुङका सचिव होमनाथ शर्मा र अपाङ्गता सरोकार सघंका सदस्य सन्तोष पौडेलले अपाङ्गता भएकालाई अवसर प्रदान गर्नुपर्ने धारण राखे ।

कार्यक्रम अपाङ्गता सरोकार सघं बागलुङ्गका उपाध्यक्ष धर्मराज आचार्यको अध्यक्षता, कोषाध्यक्ष ईन्द्र शर्मा सापकोटाको स्वागत र सचिव राम प्रसाद घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung