४ कार्तिक २०८३, मंगलवार

 

‘यसकारण विद्यार्थी–अभिभाबक दुबैको रोजाईमा पर्छ, फ्युचर ब्राईटर’

- ‘विद्यार्थी ईन्जिनियर, डाक्टर मात्र हैन सिए बनिसके’

बागलुङको फ्युचर ब्राईटर मावि शिक्षा सँग–सँगै विद्यार्थीको सर्वाङ्गिण विकासको थलो बन्दै गएको छ । बागलुङ नगरपालिका–२ हस्पिटल रोड नजिकै रहेको फ्युचर अभिभावक–विद्यार्थी दुवैको रोजाईमा पर्छ । यहाँ पढ्ने विद्यार्थीले शिक्षामा जत्तिकै प्रगति खेलकुद् र अन्य क्षेत्रमा समेत गरेका छन् ।

‘फुटबलमा राष्ट्रिय–अन्तराष्ट्रिय खेलसम्म पुगेका छन् विद्यार्थी’
पठ्यक्रमले तोकेका विषयबस्तु भन्दा बाहिर विद्यार्थीको सर्बाङ्गिण विकासका लागि अतिरिक्र क्रियाकलान सञ्चालन हुने गरेको प्रिन्सिपल बालकृष्ण शर्माले बताए ।

फुटबलर कमल थापा बल हान्दै

त्यसको एक उदाहरण हुन्, फुटबलर ‘कमल थापा’ । फ्युचरको कक्षा १२ मा व्यवस्थापन पढ्ने १९ बर्षका थापाले नेपालका राष्ट्रिय लिग सहित एसियन लिग फुलबाल खेलिसकेका छन् । बगलुङ नगरपालिका–१० भकुण्डेका उनले नेपालमा राष्ट्रिय लिग तथा ए डिभिजन लिग

फुटबल खेलि सके । हिमालयन शेर्पा क्लव काठमाण्डौबाट पनि खेल्ने गरेका छन् । विद्यालयले आफु भित्र रहेको खेलकुद प्रतिभालाई विकास गर्न सहयोग थापाले बताए । ‘हाम्रो स्कुलमा खेलकुद सम्बन्धि क्लव नै छ,’ उनले भने,‘मेरो रुचिको क्षेत्र फुटबल खेल भएकाले क्लब मार्फत खेल क्षेत्रमा अघि बढ्न मैले प्लाटफर्म पाएको छु ।’

कमल थापा बल खोस्ने प्रयासमा

कमलले अन्तराष्ट्रिय स्तरमा ईरान पुगेर १३ बर्ष मुनिको र दक्षिण कोरियामा १६ बर्ष मुनिको एसियन फुटबल खेलिसकेका छन् । क्षेत्रीय र स्थानीय स्तरमा त उनीसँगै विद्यालयको फ्युचरस्पोर्ट क्लवको टिमले धेरै खेल खेलेका छन् ।

विद्यार्थी आशिष केसी पनि फुटबलर बनेका छन् । उनी नेपालसँगै बङ्लादेश, तुर्केमिनिस्थान लगायतका देशमा पनि फुटबल खेलिसेका छन् । फ्युचर स्पोटस् क्लवले जिल्ला लिगसहित धेरै स्थानीय खेलामा उपाधि चुमेको विद्यार्थी तथा खेलाडी सन्दीप विकाले बताए ।

‘कोकरिकुलर एक्टिभिटीले सिकाई थप प्रभावकारी हुन्छ’–प्रिन्सिपल शर्मा
‘करिकुलर एक्टिभिटी (पाठ्यक्रम भित्रका क्रियाकलाप) सँगै कोकरिकुलर एक्टिभिटी (पाठ्यक्रम बाहिरका अतिरिक्त क्रियाकलाप) लाई पनि हामीले उत्तिकै महत्व दिने गर्छौं,’ प्रिन्सिपल शर्माले भने, ‘कोकरिकुलर एक्टिभिटीले बालबालिकाको शारीरिक, मानसिक, बौद्धिक, संवेगात्मक सहित सर्वाङ्गिण पक्षको विकासमा मद्दत गर्दछ ।’

कालिका मन्दिर परिसर सरसफाईमा विद्यार्थी

उनले विद्यार्थीको खेल प्रतिभाको विकास गर्न विद्यालयबाट नियमित खेलकुद हुने गरेकोमा एक बर्ष पहिलेदेखि फ्युचर स्पोर्टस् क्लव नै गठन गरेर यसलाई थप विस्तार गरेको बताए ।

‘खेलबाट बच्चाले मानविय गुण समेत सिक्ने अवसर पाउँछन्, यसले शारीरिक विकाससँगै एक आपसमा प्रतिष्पर्धा, जीतमा खुसी र हारमा दुख समेत बोध गराउँदो रहेछ,’ शर्माले थपे,‘लगातर किताब पढीरहनु भन्दा केहि क्षेण खेलेर विद्यार्थी पढ्न बसेभने ताजा मनस्थिती सहित सिकाईमा सक्रिय हुन्छन्, यसो हुँदा सिकाई स्तरिय र प्रभाबकारी दुवै हुन्छ ।’

‘विद्यार्थी ईन्जिनियर, डाक्टर मात्र हैन सिए बनिसके’
बानपा–१ रामरेखा घरभएका फ्युचरका पुर्ब विद्यार्थी संजय गौतमले दिल्लीबाट चार्टरड एकाउन्टेन्सी सकेका प्रिन्सिपल बालकृष्ण शर्माले जानकारी दिए । चार्टड एकाउन्टेन्ट (सिए) सक्दा उनी उत्कृष्ट १२ मा परेका छन् । बनपा–२ का अर्का विद्यार्थी निकेस सापकोटा पनि अहिले सिए भईसकेका छन् ।

फ्युचर पढेका अर्का विद्यार्थी श्रीराम शर्मा काठमाण्डौमा डाक्टर छन् । उनको घर बागलुङ बजारको लोकतान्त्रिक चोक नजिकै हो । सुनिल सिलवाल निलगिरी अस्पाताल बागलुङमा डाक्टर छन् । बिहुँकी कृति कँडेल म्याग्दी जिल्ला अस्पतालमा डाक्टरको रुपमा कार्यरत छिन् ।

विद्यालयका पुर्ब विद्यार्थी प्रशान्त सापकोटा अमेरिकाबाट बायोमेडिकल ईन्जिनियरिङ गर्दैछन् । मिलन बुढाले पुर्णछात्रवृत्ति सहित दिल्लीबाट ईन्जिनियरिङ सकाएका छन् ।

करियर विल्डिङमा विद्यार्थी र अभिभावकको रोजाई 
यसरी फ्युचर विद्यार्थीको करियर विल्डिङमा विद्यार्थी र अभिभावक दुवैको रोजाईको केन्द्र बन्दै गएको प्रिन्सिपल बालकृष्ण शर्माले बताएका छन् । विद्यार्थीलाई रमाएर आफै सिकाई प्रक्रियामा सक्रियता लिने कुरालाई प्रोत्साहन गरिन्छ ।

प्रिन्सिपल बालकृष्ण शर्मा

शिक्षकले सहजकर्ताको रुपमा बालबालिकालाई बाटो देखाउने काम गर्छन् । समय अनुसार विज्ञ मार्फत लेखन सुधार तथा मानोबैज्ञानिक परामर्श जस्ता कार्यशाल गर्ने गरिएको छ ।

आफ्नो बच्चाको शैक्षिक प्रगतिका लागि अभिभाबक अन्तरक्रिया गरेर उनीहरुलाई पनि सामुहिक रुपमा विद्यालयसम्म आउने वातावरण सिर्जना गरिएको प्रिन्सिपल शर्माले बताए । ‘विद्यार्थीलाई हाम्रो विद्यालय, हाम्रो भविष्य निर्माणका लागि हो भन्ने भावना विकास गराउने हाम्रो प्रयास हो’, पिन्सिपल शर्माले थपे,‘बालमैत्री सिकाई वातावरण मार्फत उनीहरुको सहज भविष्यका लागि हामी सहयोग बन्ने हो ।’

विद्यालय तीन दशकमा
विक्रम संबत २०४४ सालमा स्थापना भएको फ्युचरमा अहिले कक्षा १२ सम्माको पढाई हुँदै आएको छ । विद्यालय स्थापनाको तीन दशक पुरा भएको छ । २०६७ देखि कक्षा ११ सुरु भएको थियो ।

अहिले कक्षा ११, १२ मा शिक्षा, व्यवस्थान र मानविकी संकाय अन्तरगत विभिन्न विषयको पढाई सञ्चालन गरिएको विद्यालयले जनाएको छ । कम्प्युटर, पत्रकारिता लगायत अन्य विषयको पढाई अहिले भईरहको छ ।

अब विज्ञान संकाय पनि
आगामी शैक्षिक सत्रदेखि विज्ञान संकाय समेत सुरु हुने प्रिन्सिपल शर्माले जानकारी दिए । त्यसको लागि अहिलेदेखि नै तयारी सुरु भएको छ । कक्षा सञ्चारनको अनुमती लिने, प्रयोगशाला लगायत अन्य पुर्वाधार तयारीको काम भईरहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung