२९ बैशाख २०८२, सोमबार

 

ग्वालीचौरमा जीप दुर्घटना, ४ को मृत्यु, ६ घाईते

बाडिगाड गाउँपालिका–५ ग्वालीचौरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् ।

दुर्घटनामा परि बाडिगाड–५ ग्वालीचौरका मुक्तबहादुर पाईजा, वडा नम्बर–८ रणसिंहकिटेनीका नारायण सेरपुजा, वडा नम्बर–४ जलजलाका होमेन काउछा र चालक जलजलाकै तुलबहादुर पुनको मृत्युभएको हो । जीपमा ११ जना यात्रु सवार थिए । घाईतेको ग्वालीचौर स्वास्थ्यचौकीमा उपचार हुँदैछ ।
जलजलाबाट खर्बाङ तर्फ आउँदै गरेको जीप साबिक गौलिचौर गाबिस–३ बाबिक भन्ने ठाउँमा दुर्घटनामा परेको ग्वालीचौर प्रहरी चौकीले जनाएको छ ।
ध १ ज १८४ नम्बरको जीप घुम्ती मोड्ने क्रममा सडकबाट ९ सय मिटर तल खसेको घटना स्थाल पुगेका ग्वालीचौर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्ष्णु लम्सालले जानकारी दिए ।
साँघुरो बाटोमा हिलो समेत भएकाले मोड्ने क्रममा जीप अचानक सडकबाट तल खसेको देखिएको उनले बताए ।
घटना स्थलमा पुगेको प्रहरी टोली र स्थानीयवासीले घाईतेको उद्धार गर्दैछन् । घटना बारे थप विवरण आउन बाँकी रहेको बागलुङका प्रहरी प्रमुख एसपी चन्द्र कुबेर खापुङले जानकारी दिए ।

थप विवरण आउने वित्तिकै नयाँविश्वमा अपडेट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung