ताराखोला गाउँपालिकाले शैक्षिक सुधारको विषयमा छलफल गर्न अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा गाउँपालिका भित्रका २३ विद्यालयका व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ अध्यक्ष, प्रधानाध्यापक, शिक्षक र जनप्रतिनिधि सहभागी थिए ।
कार्यक्रममा बोल्ने बक्ताले शैक्षिक क्षेत्रमा सुधार गर्नका लागि सबै आ–आफ्नो स्थान बाट सुध्रिनु पर्ने कुरामा जोड दिए । सामुदायिक बिद्यालयमा पर्याप्त शिक्षक दरबन्दी नभएको र भौतिक ब्याबस्थापन समेत कमजोर भएकाले गुणस्तर सुधार हुन नसकेको बताए ।
उनीहरुलृ सम्बन्धित निकाय बाट नियमित अनुगमन र निरीक्षण हुनुपर्नेमा जोड दिए । अभिभावक शिक्षालाई प्रभावकारी बनाउँदै स्थानीय स्रोतबाट तलबभत्ता दिईने शिक्षकलाई न्युनतम जीवन निर्वाह हुने गरि सवै विद्यालयमा समान तलबको व्यवस्था गर्नुपर्ने उनीहरुको तर्क थियो ।
यी लगायत अन्य समस्याको सहित समाधन गर्ने गरि योजनावद्ध रुपमा अघि बढे शैक्षिक सुधार गर्न सकिने छलफलको निष्कर्ष छ ।
शिक्षा क्षेत्रमा भएका समस्या समाधन गर्दै सुधारको बाटोमा लाग्न समिति नै बनााएर अघि बढ्ने तयारी भएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए ।
‘गाउँपालिका भित्र सामुदायीक शिक्षको सुधार गर्न र भएका समस्यालाई समाधान गरेर अघि बढ्न छुट्टै समिति बनाएर काम गर्नुपर्ने देखिएको छ’, घर्तीले भने, ‘यो प्रारम्भिक छलफल मात्रै हो, सुधारका बास्तविक समस्याको पहिचान गरे योजनावद्ध रुपमै अघि बढ्नुपर्ने हुन्छ ।’

उनले सामुदायिक शिक्षामा सवै अभिभावकको विश्वस आर्जन गर्न गुणस्तर सुधार गर्नु पहिलो सर्त भएको बताए । ‘पर्याप्त भौतिक पुर्वाधार र चुस्त व्यवस्थापनसँग प्रभावकारी सिकाईले मात्र गुणस्तर सुधार गर्न सकिन्छ’, उनले अगाडी थपे, ‘हाम्रा सामुदायिक विद्यालयले राम्रो नतिजा दिन सकेमात्र विश्वास बढेर जान्छ ।’
नेपाल मावि स्रोतकेन्द्र ताराका व्यवस्थापन समिति अध्यक्ष दिवश खत्री पदमले आफ्नो बालबालिकाको शिक्षाप्रति अभिभावक सचेत हुनुपर्नेमा जोड दिए । उनले शिक्षकले पनि आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने बताए ।
कार्यक्रममा गाउँ कार्यपालिका सदस्य धन बहादुर विक र कार्यकारी अधिकृत शान्ति पौडेलले पनि आफ्नो धारणा राखेका थिए ।
कार्यक्रम प्रकाश घर्तीको अध्यक्षता, गाउँपालिका प्रबक्ता तथा वडा अध्यक्ष जीतबाहादुर खत्रीको स्वागत र नायब सुब्बा खडकबहादुर थापा को संचालनमा सम्पन्न भएको थियो ।













































































































































































































