३१ बैशाख २०८२, बुधबार

 

नेपाल बङ्गलादेश बैंकको शाखा बागलुङमा

नेपाल बङ्लादेश बैंकको ४७ औं शाखा बाग्लुङमा खुलेको छ । रेमिट्यान्स जिल्ला भनेर चिनिने बाग्लुङमा आउने बैंकहरुको भीडमा नेपाल बङ्गलादेश बैंक पनि थपिएको हो ।

बैंकको शाखा कार्यालयले आईतबारबाट कारोबार शुरु गरेको हो । बैंकको शाखा उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले नेपालका सबै स्थानीय तहमा बैंकिङ सेवा विस्तार गर्नु चुनौतीपूर्ण रहेको बताए ।

‘नेपालको संघिय संरचना र पुनःसंरचना अनुसार स्थानीय तहमा कार्यकारी अधिकारी गएको छ,’ उनले भने, ‘सबै स्थानीय तहमा बैंकिङ कारोबार विस्तार गर्नुपर्नेछ । त्यो सजिलो छँदैछैन ।’ नेपालको ४२ प्रतिशत जनतामा मात्र बैंकको पहुँच पुगेको उनले बताए ।

‘नेपालको ५८ प्रतिशत जनसंख्यासम्म अझै पनि बैंकको सेवा पुग्न सकेको छैन,’ उनले भने, ‘सबैसंग पहुँच पु¥याउनु जरुरी छ ।’ भूगोल, संचार, यातायात, सुरक्षा लगायतका कारण तत्काल सबै ठाउँमा स्थानीय तहमा सेवा पु¥याउन अप्ठ्यारो भएको उनको भनाई थियो । बैंकका सञ्चालक माधवप्रसाद न्यौपानेले आर्थिक कारोबारको हिसाबले बाग्लुङ उर्बर ठाउँ भएकाले बैंकको शाखा खोलिएको बताए ।

‘नेपालमा धेरै रेमिट्यान्स भित्रिने ठाउँहरुको लिष्टमा बाग्लुङको नाम अगाडी नै छ,’ उनले भने, ‘त्यस हिसाबले हे¥यो भने पनि यहाँ आर्थिक कारोबार धेरै हुन्छ । हामी पनि यहाँको आर्थिक विकासमा साझेदार बन्न शाखा खोलेका हौं ।’

बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले पछिल्लो समय बाग्लुङ विभिन्न अत्याधुनिक सेवा सुविधाहरु सहित बैंक भित्रिनु खुशीको कुरा भएको बताए । ‘बैंकिङ सम्बन्धी आधुनिक सेवा सुविधाका साथ बैंकहरु बाग्लुङ आउनु हाम्रो लागि राम्रो कुरा हो,’ उनले भने, ‘केबल यहाँ आउने रेमिट्यान्समा मात्र केन्द्रित नभई यहाँको गाउँघरसम्म लगानी गरेर आर्थिक विकास गर्ने कुरामा बैंकहरुले ध्यान दिनुपर्छ ।’

बाग्लुङमा धेरै बैंकहरु स्थापना भए पनि ग्रामीण जनतासंग पहुँच नपुगेको उनले बताए । ‘गाउँका किसानले ऋण लिनुप¥यो भने अझै पनि बैंकहरु आनाकानी गर्ने गर्छन्,’ उनले भने, ‘सर्बसाधारणहरुको जीवनस्तर बृद्धि गर्ने कार्यमा लगानी गर्नुस् ।’

२०५१ सालमा स्थापना भएको बंैकले यस अघि देशका विभिन्न ४६ स्थानका शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले एक्सटेन्सन काउन्टर, बैंकिङ सेवा तथा एटीएम सेवा दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung