
धौलागिरी अञ्चल यातायात बस व्यवसायिक सञ्चालक समितिको अध्यक्षमा उमेश केसी निर्वाचित भएका छन् । समितिको १० औँ अभिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । केसी यस अघिको समितिमा महासचिव थिए ।
बरिष्ठ उपाध्यक्षमा हरिविकास जीसी, उपाध्यक्ष्माा राजन जोशी र सुदर्शन रायमाझी तथा सहउपाध्यक्षमा तिर्थराम खड्का विजयी भए । महासचिवमा खेमराज लामिछाने, सचिवमा घनश्याम मल्ल, सह सचिवमा बाबुराम पौडेल र कोषाध्यक्षमा उमाकान्त शर्मा बाबु तथा सहकोषाध्यक्षमा हेम शर्मा पौडेल निर्वाचित भएका छन् ।
सहउपाध्यक्ष तिर्थराम खड्का र कोषाध्यक्ष उमाकान्त शर्मा बाबु सर्वसम्मत निर्वाचित भएको हुन् भने बाँकी पदाधिकारी चुनाबबाट विजयी भएका हुन् ।
समितिको सदस्यमा जयबहादुर श्रेष्ठ, इन्द्रराज रिजाल, बालकृष्ण पौडेल, निर्मलप्रसाद पौडेल, पूर्णनारायण श्रेष्ठ, नगेन्द्र गुरुङ्ग, अस्मिनकुमार गर्वुजा र खिमबहादुर जिसी निर्वाचित भएका छन् ।