
सिटी एक्सप्रेस मनी ट्रान्फरद्वारा सञ्चालित सिटी एक्सप्रेस कोअपरेटिभको गलकोट सेवा केन्द्र यो बर्ष देशभरकै उत्कृष्ट बनेको छ । २०६९ सालादेखि गलकोटको हटियाबाट सञ्चालित सेवा केन्द्र दोस्रो पटक उत्कृष्ट बनेको हो ।

सेवा केन्द्र प्रमुख वीरेन्द्र श्रेष्ठ
यस अघि पनि एक पटक उत्कृष्ट बनेको थियो ।
उत्कृष्ट बनेको गलकोट सेवा केन्द्रलाई काठमाण्डौमा भएको आठौँ बार्षिक साधारण सभामा नगद सहित सम्मान पत्रले पुरस्कृति गरिएको हो ।
बर्षभरीको कार्यप्रगतिका आधारमा गलकोट सेवा केन्द्र उत्कृष्ट बनेको केन्द्र प्रमुख विरेन्द्र श्रेष्ठले जानकारी दिए ।
‘हामीले रेमिटको कारोवारसँग ऋण लगानी पनि गर्दै आएका छौँ,’ श्रेष्ठले भने, ‘कार्यप्रगती र कारोवार राम्रो भएकाले उत्कृष्ट बनेको हो ।’
उनका अनुसार देशभरका पाँच उत्कृष्ट सेवा केन्द्रमा गलकोट पनि परेको हो ।
पुर्व उपप्रधानमन्त्री तथा माओवादी नेता टोपबहादुर रायमाझि र संस्थाका सल्लाहकार ढोलराज शर्माले गलकोट सेवा केन्द्र प्रमुख विरेन्द्र श्रेष्ठलाई सम्मान गरेका हुन् ।