
दुर्गा भवानि माध्यमिक विद्यालय बुङति ताराखोला गाउपालिका ५ मा ४ कोठे पक्की भवन निमार्ण कार्य सम्पन्न भएको छ ।
उक्त भवन को शिलान्यास गत बर्ष असार २६ गते पुर्व रक्षा मन्त्री तथा माओवादि नेता रामबहादुर थापा बादलले गरेका थिए । भवन निमार्णको लागि कुल ७२ लाख ४२ हजार ६ सय २७ रुपैयाँ ८२ पैसा खर्च भएको विद्यालयका प्रध्यानाध्यापक टेकबहादुर घर्र्तीले बताए । भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यलय बाग्लुङ बाट अनुदान रकम ३० लाख ७० हजार ,सांसद विकास कोष माननीय व्यवस्थापिका सांसद केशरि घर्र्तीले ५ लाख ९४ हजार ,साविक तारा गाविसले ५ लाख ४७ हजार गरि कुल ४२ लाख ११ हजार रकम प्राप्त भएको थियो ।
भवन निर्माणको लागि १४ लाख बराबरको स्थानियले जनश्रमदान गर्दा पनि , १४ लाख १६ हजार ३ सय ८२ रुपैयाँ रकम अझै अपुग भएको भवन निर्माण समितिले आमभेला गरि सार्वजनिक गरेको खेम पुनले बताए । कुल ७२ लाख ४२ हजार ६सय २७ रुपैयाँ ४ पैसा कुल लागतमा निर्माण भएको ४ कोठे पक्कि भवन विभिन्न क्षेत्रको आर्थिक स्थानीयको जनश्रमदान सहित सम्पन्न भवनमा १४ लाख १६ हजार ३ सय ८२ रुपैयाँ रकम अपुग भएको छ ।
बाँकि अपुग रकम कहाँबाट जुटाउने भन्ने विषयमा छलफल भैरहेको विद्यालय व्यवस्थापन समितिका तथा भवन निर्माण समितिका कुलबहादु रोका बताए । भवन निर्माण भएपछि फर्निचरको व्यवस्थापन आवश्यक रहेको छ । दुर्गा भवानि माध्यमिक विद्यालय जिल्लाको दुर्गममा रहेपनि विद्यार्र्थीको उच्च चाप हुने र एस ई ई मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यालय हो ।
विद्यालयमा आवश्यक भन्दा धेरै कम स्थायी शिक्षक राहत,दरबन्दी कम भएकोले स्थानिय स्तरमा नै स्रोत जुटाएर शिक्षकलाई तलव भत्ता खुवाउदै आएको छ । विद्यालयमा पुस्तकालय र कम्प्युटर शिक्षा समेत रहेको छ ।