
ताराखोला गाउँपालिकामा सामुदायिक रेडियो संचालन गर्ने बिषयमा प्रारम्भिक छलफल भएको छ । गाउँपालिका को केन्द्र अर्गल भातखाने डाडा मा भएको छलफल ले स्थानीय स्तरमा सामुदायिक रेडियो आवश्यक भएको निष्कर्ष निकाल्दै थप छलफल का लागि आगामी असोज ७ गते एक भेला को आयोजना गर्ने निर्णय गरेको छ ।
ताराखोला मा सामुदायिक रेडियो को सम्भाब्यता अध्ययन गर्न गाउँ कार्यपालिका को बैठकले वडा अध्यक्ष जित बहादुर खत्री को अध्यक्षतामा यस अघि ५ सदस्यीय अध्ययन समिति गठन गरेको थियो ।
अध्ययन समितिका संयोजक खत्री को अध्यक्षता मा भएको छलफल कार्यक्रम मा ताराखोला गाउँपालिका का अध्यक्ष प्रकाश घर्ती ले ग्रामिण क्षेत्रका जनता लाई सुचना को हक स्थापित गर्न स्थानीय तह मा रेडियो को आवस्यकता रहेको बताए ।
उनले रेडियो संचालन मा समुदाय का सबै पक्ष को समावेशी सहाभागिता र अपनत्व आवश्यकता रहेको कुरा मा जोड दिए ।
छलफल कार्यक्रम मा अध्ययन समिती का सदस्य कृष्ण कडेलले रेडियो संचालन को अवधारणा सम्बन्धि प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।