
पश्चिम बागलुङको निसीखोला र ढोरपाटनमा पहिरामा परि ज्यान गुमाउनेका परिवारलाई राहत प्रदान गरिएको छ । सांसद ज्ञानकुमारी छन्त्यालले उनीहरुलाई १०/१० हजार रुपैयाँको दरले राहत रकम प्रदान गरिन् ।
मृतकका परिवारका लागि स्वदेश तथा विदेशबाट जुटाईएको रकम निसीखोलाको हुल्दी, बाहुनगाउँ र ढोरपाटन नगरपालिका–५ का गरि ६ जनाका लागि ६० हजार प्रदान गरिएको हो ।
निसिखोला गाँउपालीका–२ बाहुनगाउँका मनीमान छन्त्यालका छोरा रेमबहादुर छन्त्याललाई परिवारका चार सदस्यको ४० हजार र निसिखोला गाँउपालीका वडा नम्बर–१ हुल्दिमा खगिसरा सिंजालीको मृत्युमा उनका छोरा लोकेन्द्र सिंजालीलाई १० हजार प्रदान गरियो । त्यस्तै ढोरपाटन नगरपालीका वडा नम्बर–५ मृतक आमेप्रसाद बिककी श्रीमती दिलकुमारी बिकलाई १० हजार रुपैयाँ दिईयो ।
सो अवसरमा सांसद् छन्त्यालले राज्यको तर्फबाट प्राप्त हुने थप राहतका लागि आफुले पहल गरिरहेको बताईन् । उनले हुल्दीको विस्थापित वस्ती हस्तान्तरणको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गरेको बताईन् ।
कार्यक्रममा नेपाली काँग्रेस ढोरपाटन नगर समन्वय समिति संयोजक सालीकराम शर्माको अध्यक्षता र महाधिवेशन प्रतिनिधि सागर छन्त्यालको सञ्चालनमा भएको थियो ।
कार्यक्रममाढोरपाटन नगरपालीका–१ का अध्यक्ष चित्र भण्डारी, निसिखोला गाँउपालीका–१ का अध्यक्ष ईन्द्र मल्ल, वडा नम्बर–७ का अध्यक्ष तेजिन्द्र बिक्रम कुवँर तथा नेपालीकाँँग्रेसका विभिन्न तहका नेताहरुको उपस्थिती रहेको थियो ।