६ श्रावण २०८३, बुधबार

 

विपद् तथा राहत कोषमा बेलायतबाट आयो साढे तिन लाख रुपैयाँ

बेनी नगरपालीका १० पात्लेखेतमा विपद् तथा राहत व्यवस्थापन कोष स्थापना गरिएको छ । प्राकृतिक बिपद्बाट प्रभावित पात्लेखेतका बासिन्दालाई सघाउन वडा कार्यालयको पहलमा कोष स्थापना भएको हो ।

पहिरो, आगोलागी लगायत भैपरी आउने विपद्बाट प्रभावित हुने स्थानीय बासिन्दालाई तत्कालै सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको वडा अध्यक्ष रिम रोकाले जानकारी दिए ।

अध्यक्ष रोकाका गत साउन महिनामा स्थापना भएको उक्त कोषमा नागरीक स्तरबाट पाँच लाख रुपैया जुटीसकेको छ । यसैक्रममा सोमबार बेलायतमा रहेका पात्लेखेत वाखेतका ओम रोकाको संयोजनमा संकलित तिन लाख ५५ हजार ७२५ रुपैया कोषमा जम्मा गरिएको छ ।

बेलायतमा बस्ने पात्लेखेतका बासिन्दाको प्रतिनिधित्व गर्दै रामबहादुर राम्जालीले वडा अध्यक्ष रोकालाई उक्त रकम हस्तान्तरण गरे । वडाका जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधी र वडा सचिव तिलक पौडेलको उपस्थितीमा भएको कार्यक्रममा रकम हस्तान्तरण गरिएको थियो ।

यस अघि स्थानीय व्यक्ति र प्रवासीहरुबाट डेढ लाख रुपैया भन्दा बढी सहयोग जुटिसकेको छ । कोषमा रकम अझै बढाउने लक्ष्य रहेको छ । पात्लेखेत म्याग्दीमा पहिरोको उच्च जोखिममा रहेको बस्तीको सुचिमा अगाडी छ ।

बस्ती तल रहेको बान्द्रेखाल्टी पहिरोका कारण पात्लेखेत गाउँ जोखिममा परेको हो । गत साउनमा सो वडामा पहिरोका कारण ४ वटा घर भत्कीएको थियो । ५० भन्दा बढी घर पहिरोको उच्च जोखिममा छन् ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung