
युथ अफ बागलुङको आयोजनामा नेपालको संविधान २०७२ लागु भएको सम्झनामा दोस्रो संविधान दिवसको अवसर परेर बागलुङ बजारमा दिप प्रज्वलन गरिएको छ ।
फेसबुक मार्फत सकारात्मक जनचेतना जगाउने र युवालाई संगठित गर्ने उदेश्यले चार वर्ष पहिले सुरु गरिएको युथ अफ बागलुङ नामक फेसबुक समुहमा आवद्ध ४० जना युवाको सक्रियतामा बागलुङ बजारको केन्द्र लोकतान्त्रिक चोकमा नेपालको नक्सा माथि कोरिएको नेपालको राष्ट्रीय झण्डा तथा नेपालको संविधान २०७२ नामले कोरिएको आकारमा दिप प्रज्वलन गरिएको हो ।
युथ बागलुङका रोशन कुँवरले सञ्चालन गरेको संस्थाका एडमिन मनिश कँडेल, रोशन जिसी, सन्देश बोगटी, इश्वर ढकाल, अनुप केसि होमि जिसी, सुरक्षा पन्त, सुस्मिता केसी, लगायतको सहभागिता रहेको अभियन्ता रामप्रसाद घिमिरेले बताए । समुहले समाज रुपान्तरणका लागि सकारात्मक कार्य गर्दै आएको उनले बताए ।