३ श्रावण २०८३, आईतवार

 

३० बर्षे मनोजले  दिएका छन अरु २५ युवालाई समेत रोजगारी

भर्खर ३० बर्ष पुगेका युवा उद्यमीको व्यवसायमा २५ जनाले रोजगारी पाएका छन् भन्दा नौलो लाग्न सक्छ तर बागलुङका एक युवा सानै उमेरमा धेरैलाई रोजगारी दिन सफल छन् ।

लाखौँ लगानी गर्नुमात्र उनको सफलता नभएर रोजगारीमा युवाहरु खपत हुनु र सौखिन जीवन बिताउनेका लागि आवस्यक पर्ने साधन थोक मूल्यमै बागलुङ बजारमा पाउने अवसर उनले सिर्जना गरेका छन् ।

बागलुङ भगवती ट्रेडस संचालन गरेका ३० बर्षे मनोज खड्काले मोटरसाईकल, ट्रयाक्टर लगायतको शोरुम देखि मोटर पार्टस् विक्रि लगायतको काममा उक्त रोजगारी दिन सफल भएका हुन् । उनको शोरुममा अहिले ८ प्रकारका साधन विक्रि भैरहेको छ । युवाका लागि मोटरसाईकर र स्कुटर, सामान ढुवानीका लागि ट्रयाक्टर समेत उनको शोरुममा विक्रि हुने गर्छ ।

उनले न्यु होल्याण्ड ट्रयाक्टर, केश ट्रयाक्टर, न्यु होल्याण्ड भ्याकुलेटर, सेट टायर, ग्लोव्याट व्याट्रि, पेट्रोनास लुब्रिकेन्टस्, टिभिएस मोटरसाईकल र इन्भेष्टमेन्ट कंपनी समेत संचालनमा ल्याएका छन् । २१ बर्षको उमेरमै व्यवसायमा होमिएका खड्का जिल्लाको सफल उद्यमीमा गनिइसकेका छन् ।

‘धेरै मेहेनत त गर्न बाँकी छ, तर पनि केही लगानी गरेर रोजगारी सिर्जना गर्न सकिएको छ’ खड्काले भने, ‘लगानी कति र कहाँ ऋण खोजेको छ भन्ने कुरा फरक बिषय भएपनि रोजगारी सिर्जना, कर तिर्ने र आर्थिक विकासमा राष्ट्रलाई सहयोग गर्न सकेका छौं ।’

संचार माध्यममा भने यस्ता काम समाचार नभएको उनलले गुनासो गरे । कृषि, पशुपालन गरेका किसानको समाचारले अखवारका पाना भरिएको, टेलिभिजनको पर्दा ढाकेको उनको टिप्पणी छ ।

भन्सारमा २ सय ४० प्रतिशत र नामसारीमा १३ प्रतिशत कर तिरेका व्यवसायीको लगानी तथा जनताले पाएको सेवाबाट राज्यको आर्थिक विकास संभव भएको खड्का बताउँछन् । राजश्वको आधार फराकिलो भएमा विकास निर्माणले सफलता पाउने उनको भनाई छ ।

यसैबीच खड्काको ट्रेडसले आइतवारदेखि टिभिएस मोटरसाईकलको आधिकारिक विक्रि थालेको छ । दशै र तिहार जस्ता ठूला चाडलाई ध्यानमा राखेर केही छु्टमा विक्रि थालेको खड्काले बताए ।

हल्लनचोक स्थित आफ्नै शोरुममा उनले मोटरसाईकलमा ७ हजार र स्कुटरमा ९ हजार रुपैयाँ सम्म छुटको व्यवस्था, हरेक दिन लक्की ड्रमा एक जनालाई एकतोलाको सुनको सिक्रि पुरस्कारको व्यवस्था गरिएको बताए ।

पछिल्लो समय युवाहरुको रोजाईमा रहेका मोडल सहितका मोटरसाईकल र स्कुटरहरु शोरुममा राखिएको छ ।

केही समय देखि नयाँ मोडलका मोटरसाईकल देखि अन्य सवारी साधनको मर्मत गर्ने देखि आवस्यक पार्टसहरु पनि उनकै शोरुममा पाइन थालेको छ । मर्मतका लागि उनले दक्ष कामदारलाई पनि रोजगारी दिएर राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung