३० बैशाख २०८२, मंगलवार

 

बडीगाडको खालमा जीप दुर्घटना, ६ घाईते (अपडेट)

अपडेट समाचार

बागलुङबाट बुर्तिबाङ तर्फ जाँदै गरेको यात्रुबाहक जीप बडीगाड गाउापालिका–६ खालमा दुर्घटनामा परेको छ । लु १ ज १०६७ नम्बरको जीप सडकबाट झण्डै १६ मिटर तल खोलामा खस्दा चालक सहित ६ जना घाईते भएका छन् ।

स्टेरिङले काम नगरेर अनियन्त्रित भई जीप सडकबाट तल खसेको ईलाका प्रहरी कार्यालय भिमगिठेका प्रमुख प्रहरी नायब निरीक्षक भोज बहादुर बानियाँले जानकारी दिए । उनका अनुसार घाईतेको स्थानीय मेडिकलमा समान्य उपचारपछि थप उपचारको लागि ४ जनालाई बागलुङ र २ जनालाई बुर्तिबाङ पठाईएको छ ।

दुर्घटनाका घाईते ठेगाना नखुलेका ५२ बर्षीय बालकुमारी विक र १९ बर्षीय अबिन विक, बडीगाड गाउँपालिका–८ पुरानो गाउँका २७ बर्षीय शोभा श्रीस तथा चालक गलकोट नगरपालिकाका कृष्ण कार्कीलाई थप उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ ल्याईएको छ ।
बागलुङ ल्याईएका मध्ये ५२ बर्षिय बालकुमारी विकको अवस्था अलि जटिल रहेको बताईएको छ । उनको टाउको र आँखामा चोट लागेको छ ।
त्यस्तै ढोरपाटन नगरपालिका–६ अधिकारीचौरका १९ बर्षीय भविन्द्र बुढा र ढोरपाटन नगरकै वडा नम्बर–४ का १९ बर्षीय गोभिलाल अर्गेजालाई थप उपचारको लागि बुर्तिबाङ पठाईएको प्रहरीले जनाएको छ । जीपमा ११ जना सवार थिए । अरु ५ जना सकुशल रहेको प्रहरीले जनाएको छ ।

पहिलो पटक प्रकाशित समाचार                                                                                                                                         बागलुङबजारबाट बुर्तिबाङ तर्फ जाँदै गरेको यात्रुबाहक जीप बडीगाड गाउापालिका–६ खालमा दुर्घटनामा परेको छ । लु १ ज १०६७ नम्बरको जीप सडकबाट झण्डै २५ मिटर तल खोलामा खस्दा ६ जना घाईते भएका स्थानीय युवा अगुवा दिनेश शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung