सिवाईसि बचत तथा क्रण सहकारी सँस्था लि बुर्तिबाङ सेवा केन्द्रद्धारा यिवजयादशमी अबसर पारेर सेयर सदस्य तथा कर्मचारीबिच शुभकामना आदान –प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
शुभकामना आधान प्रदान कार्यक्रममा सिवाईसि बचत तथा ऋण सहकारी सँस्था लि सेवा केन्द्र बुर्तिबाङ सञ्चालक समिति संयोजक गण्डकी थापाको अध्यक्षता, सेयर सदस्य तथा वडिगाड गाँउपालीका ७ का वडा अध्यक्ष कृष्ण गुरुङको प्रमुख आतिथ्यता, सिवाईसि साकोस केन्द्रिय कार्यालय बाग्लुङका शाखा प्रबन्धक नवराज सर्माको विशिष्ठ आतिथ्यता, उत्तरगंगा माविका प्रअ धनबहादु कुवँर, भिमगिठे माविका प्रअ सागर खरेलको बिशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै सिवाईसि साकोस बुर्तिबाङ सेवाकेन्द्र सञ्चालक समिति सल्लाहकार हिरालाल पौडेल, सेयर सदस्य ज्ञानप्रसाद कँडेल, सत्ना शेरचन, लिलमाया पुन, उत्तम महत, हरीबहादुर कुवँर, धनसरी कँडेल, राधिका आर्चाय, मित्र प्रसाद चालीसे, प्रभु बैंक बुर्तिबाङ साखा प्रबन्धक खिमबहादुर केसी, लक्ष्मि बेँक प्रबन्धक सिसिर भण्डारी, गरीमा बैंक कर्मचारी अमृत श्रेष्ठ, सेयर सदस्य पुर्ण प्रसाद सापकोटा तथा सिवाईसि साकोस बुर्तिबाङ सहित हटिया, कुश्मिसेरा, बाटाकाचौर, बिँहु सेवा केन्द्रका प्रबन्धक , पत्रकार लगाएत अन्य सेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी कृष्ण गुरुङले सुभकामना मन्तब्य राख्दै सहकारी सँधै जनताको आबस्यकता र समस्यामा समेल हुँदै अगाडि बद्नु पर्ने बताए ।













































































































































































































