१ जेष्ठ २०८२, बिहीबार

 

 दाङखोलामा मोटरेबल पुल नहुँदा यात्रु समस्यामा

म्याग्दीको दरवाङ धारापानी ताकम मुना सडक अन्तरगत दाङखोलामा मोटरेबल पुल नहुँदा सवारी सञ्चालनमा समस्या भएको छ । मालीका गाउँपालीका–५ र धौलागिरी गाउँपालिका–७ को सिमानामा पर्ने दाङ खोलामा मोटरेबल पुल नहुँदा धौलागिरी गाउँपालिकालाई जोड्ने एकमात्र दरवाङ धारापानी ताकम मुना सडकमा सिधा सवारी सञ्चालन हुन सकेको छैन ।

हिउँदमा पानीको सतह घटेको अवस्थामा खोलाबाटै सवारी साधन तार्ने गरे पनि बर्खा यामको समयमा सिधा सवारी सञ्चालन हुन नसकेको यातायात व्यवसायी खुमबहादुर थापाले बताए । उनका अनुसार पुल अभावमा सर्वसाधारण सवारी साधन परिवर्तन गरेर अथवा पैदल हिडेर गन्तब्यमा पुग्ने गरेका छन् । सामान ढुवानी लागत महँगो पर्न गएको छ ।

सो खोलामा पुल नहुँदा धौलागिरी गाउँपालिकाको धारापानी, ताकम, मुना, मुदी, लुलाङ र गुर्जाका बासिन्दा प्रभावित भएका छन् ।
धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले दाङखोलामा अस्थाई पुल निर्माणका लागि यस वर्ष पाँच लाख रुपैयाँ बजेट बिनियोजन गरिएको बताए ।

बर्खा सुरु हुनु अघिनै अस्थाई पुल निर्माण कार्य सुरु गरिए पनि पूर्णता पाउन सकेको छैन् । अस्थाई पुल निर्माण गरेपछि नियमित सवारी सञ्चालन हुने अध्यक्ष पुनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung