
प्रसिद्ध ऐतिहासिक शक्तिपिठ बागलुङ कालिका भगवती मन्दिरमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा करिब ५ लाख भन्दा बढी भक्तजनहरु मन्दिर प्रवेश गरेको अनुमान गरिएको छ । यो अविधमा स्वदेश तथा विदेशबाट आएका भक्तजनहरुले बलि सहित पाठ पूजा र मन्दिर क्षेत्रको अवलोकन गरेका थिए । नवरात्रको हरेक दिन बिहानको सत्संग तथा भजन किर्तनमा पनि भक्तजनहरु सहभागी भएका थिए ।
लक्ष्य बत्ति प्रज्वलन, विवाह, ब्रतबन्ध, ग्रहशान्ति आदी कार्यहरु पनि यो समयमा उल्लेख्य भएका थिए ।
घटस्थापना देखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा भक्तजनहरुले चढाएको भेटी सहित परेवा, मुढ, अक्षेता, दान आदिबाट २० लाख ४२ हजार ३६ रुपैयां संकलन भएको कालिका भगवती गुठीले जनाएको छ ।यो समयमा असोज ५ गते घटस्थापनाका दिन ९१ हजार ९ सय ३१, ६ गते ९२ हजार ७५, ७ गते २ लाख २८ हजार ६ सय ३०, ८ गते १ लाख ४१ हजार १ सय ९०, ९ गते १ लाख ४० हजार २ सय, १० गते २ लाख ९२ हजार ९ सय १९, ११ गते २ लाख ३२ हजार ५ सय ३०, १२ गते २ लाख ५५ हजार ४ सय ५०, १३ गते १ लाख ९२ हजार ९ सय ७६ रुपैयां संकलन भएको थियो ।
यसै गरी १४ गते बिजया दशमीका दिन ३६ हजार ५ सय ५, १५ गते १८ हजार ८ सय ५०, १६ गते ६८ हजार ७ सय ५०, १७ गते १ लाख ८ सय ४०, १८ गते ५८ हजार १ सय ५० तथा १९ गते कोजाग्रत पूर्णिमाको दिन ९१ हजार ४० जम्मा भएको थियो । कालिका भगवती गुठीका अनुसार यो बडादशैं अवधिमा जम्मा ९ लाख ६० हजार ६ सय ४० रुपैयां भेटी मात्र संकलन भएको थियो । व्यवस्थापन समितिले आय संकलनको कार्य थालनी गरेपछि भक्तजनहरुले चढाएको भेटी दान पात्रमा रहने गर्दछ । यो रकम दान पात्रबाट संकलन गरिएको हो ।
दान पात्रमा जम्मा भएको रकम हरेक अपरान्ह गुठीका कर्मचारी, सुरक्षा कर्मि, मालपोत प्रतिनिधि, बैक प्रतिनिधि आदीको सहभागितामा जम्मा गरिन्छ । जम्मा भएको रकम सोही दिन बंैक जम्मा गरन्छ । यसै गरी भक्तजनहरुले भढाएको अक्षेता (चामल) १ सय ५५ पाथि बिक्रीबाट ३१ हजार संकलन भएको छ । समितिले चामल बिक्रीका लागी प्रति पाथि रु २ सय तोकेको छ । कालिका मन्दिरको विशेष आम्दानीका रुपमा रहेको परेवाबाट ६ लाख ५१ हजार २ सय रकम जम्मा भएको छ ।
यो रकम मन्दिरमा रहेका १ हजार ६ सय २८ जोडी परेवा बिक्रीबाट भएको थियो । मन्दिरबाट प्रति जोडी रु ४ सयमा परेवा बिक्री गरिन्छ । यसै गरी ५ सय ९३ कुखुराको मुढ बिक्रीबाट २६ हजार ४ सय १५ रुपैयां जम्मा भएको छ । कुखुराको मुढ प्रति गोटा रु ४५ रुपैयां तोकिएको छ । यसै गरी ४ सय २९ वटा बोकाको मुढ बिक्रीबाट ३ लाख १५ हजार ३ सय ८३ रुपैयां संकलन भएको छ । कालिका मन्दिरमा बोकाको मुढ प्रति किलो रु ४ सय रुपैया तोकिएको छ । पछिल्लो समय कालिका मन्दिरमा रांगोको बलि कम हुदै गएको छ ।
यो समयमा जम्मा १२ रांगोहरुको बलि दिइयो । रांगो मुढ बिक्रीबाट ९ हजार ६ सय ५० रुपैयां जम्मा भएको छ । गुठी समितिले रांगोको मुढ बिक्री मुल्य प्रति किलो रु १ सय रुपैयां तोकेको छ । कालिका भगवती मन्दिरमा पशुपंक्षिहरुबो बलि दिनु पूर्व समितिमा नाम दर्ता गर्नु पर्ने निती लिइएको छ । यो नितीले कालिका मन्दिरमा के कति पशुपंक्षिहरुको बलि चढ्छ भन्ने तथ्याङ्क रहने गर्द५ । मन्दिरबा६ मु९, परेवा, अक्षेता आदी बिक्री प५ि पैसा बुझेको रसिद दिने गरिन्५ । कालिका मन्दिरमा भक्तजनहरुले रसिदबाट सहयोग चढाउने पनि गर्दछन ।
६० जनाबाट १५ हजार २ सय ७२ रुपैयां जम्मा भएको छ । यसै गरी सिक्का सटही २१ हजार ५ सय ७६ रुपैयां, ब्रामणहरुबाट सहयोग १० हजार ३ सय तथा तेल बिक्रीबाट ६ सय रकम जम्मा हुन आएको कालिका भगवती गुठीले जनाएको छ । यसै गरी बडादशैंको अवधिमा रङ्गरोगन, सरसफाई, पूजा खर्च, मर्मत सम्भार, स्वंयम सेवक, म्यादी कर्मचारी एवं भोजन आदीको खर्च विवरण व्यवस्थापन समितिको बैठक पश्चात सार्वजनिक गरीने भएको छ ।
यसै गरी कोजाग्रत पूर्णिमाको सांझ भक्तजनहरुको मनोकामना पुरा होस भनी व्यवस्थापन समितिले दिप प्रज्वलन गरेको छ । घटस्थापना देखि कोजाग्रत पूर्णिमासम्म सुरक्षा व्यवस्थान, सरसफाई, भेटी संकलन लगायका कार्यमा सहयोगका लागी सम्बन्धि सवैमा कालिका भगवती गुठीले धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि सबैको थप सहयोगको अपेक्षा गरेको छ ।