
शुभ दीपावली तथा क्लवको दास्रो वार्षिक उत्सवको अवसरमा दुदिलाभाटी युवा क्लब दुदिलाभाटी ४ ले असोज २८ गतेदेखि कार्तिक २ गतेसम्म विविध कार्यक्रम गर्ने भएको छ ।गलकोट नगरपालिका—१ भाटीबजार, सिरबारे र गौदी टोलमा रहेका युवाहरु क्लबमा आवद्ध भई गत वर्ष जस्तै यस वर्ष पनि साविक अन्तर वार्ड स्तरिय पुरुष भलिबल प्रतियोगिता, खुल्ला सामुहिक नृत्य प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता, घैटोफोर प्रतियोगिता, रस्साक्सी प्रतियोगिता आयोजना गरेको छ ।
कार्यक्रम सफल पार्नका लागि क्लवमा आवद्ध सम्पुर्ण सदस्यहरुका बिचमा कार्य बिभाजन गरिने क्लवका उपाध्यक्ष सन्तोष पुनले बताए । शुभ दिपावली मेला तथा क्लवको वार्षिकोत्सवको तयारी तिब्र पारिएको क्लवका अध्यक्ष मिलन बिकले बताए । कार्यक्रमका अवसरमा आयोजना गरिएको पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार १ सय ११, द्धितिय पुरस्कार ३४ हजार ४ सय ४४ र तृतिय पुरस्कार १५ हजार ५ सय ५५ रहेको आयोजकले जनाएको छ ।