सामाजिक विकास संस्था चारतारे युवा क्लव नेपालले आफ्नो २६ औं स्थापना दिवस बिहीबार विविध कार्यक्रम सहित मनाएको छ । संस्था श्रम र समयको महत्वलाई बुझेर गाउ“मा खेर गईरहेको तथा निरुत्साहित रहेको मानवीय शक्तिलाई एकत्रित गरी सामाजिक एवं विकास निर्माणका विविध पक्षमा सवै समुदायलाई सकृय सहभागी गराउन बागलुङको साविक तित्याङ गाविसमा २०४९ सालमा स्थापना भएको थियो ।
स्थापना दिवस कार्यक्रमको उद्घाटन संस्थाका संरक्षक वरिष्ठ अधिवक्त पद्मनाथ शर्मा पौडेलले पानसमा दिप प्रज्वलन गरेर र संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले संस्थाको २६ औं वर्षगाठको केक काटेर संयूक्त रुपमा उद्घाटन गरेका थिए ।
पौडेलले संस्थाले सञ्चालन गरेका क्रियाकलापहरुले प्रत्यक्ष रुपमा जनताहरुको आर्थिक, सामाजिक र सास्कृतीक परिवतर्नमा योगदान गरेको बताएका थिए । कार्यक्रममा संस्थाका सल्लाहाकार देववहादुर श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा बागलुङका उपसभापती राजेन्द्र आचार्य, मानव सेवा आश्रम धौलागिरी अञ्चल बागलुङका अध्यक्ष मनिष रायमाझि, सिवाईसी लघुवित्त कार्यक्रम शाखा स्तरीय सञ्जाल बागलुङ शाखाका निर्देशक जमुना श्रीस, हटिया शाखाका पूर्व निर्देशक सरस्वती कार्की, कुश्मिसेरा शाखाका निर्देशक ममकुमारी थापा विक, अक्षते शाखाका निर्देशक उजेली शर्मा, शाखा स्तरीय सञ्जाल अक्षतेका सल्लाहाकार सीता थापा लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
स्थापना दिवसका अवसरमा संस्थाको सामाजिक दायीत्व अन्तरगत मुष्ठिदान कार्यक्रम मार्फत मानव सेवा आश्रम धौलागिरी अञ्चल बागलुङले गरेको सामाजिक कार्यको उच्च मूल्याङ्कन र प्रशंसा गर्दै आश्रमका लागि ३ वर्षसम्म मासिक रु १ हजार रुपैयाका दरले ३६ हजार उपलब्ध गराउने प्रतिवद्धता अनुसार आज एक वर्षको १२ हजार रुपैपा आश्रमका अध्यक्ष मनिष थापा र केन्द्रि अभियन्ता नवराज लाई चेक हस्तान्तरण गरेको छ ।
सोही अवसरमा संस्थाले सञ्चालन गरिरहेको लघुवित्त कार्यक्रमको प्रथम केन्द्र बागलुङ जिल्ला बागलुङ नगरपालीका वडा नं. ९ तित्याङ स्थित मनकामना आत्मनिर्भर महिला केन्द्र, केन्द्र नं १ लाई लघुवित्त कार्यक्रमको नीति, नियम र परिधि भित्र रहि संस्थाले लिएको गरिवी न्यूनीकरणको लक्ष्यमा सहयोग पु¥याए बापत प्रशंसा–पत्रद्धारा सम्मान गरेको छ ।
त्यस्तै कार्यक्रमकै अवसरमा संस्थाका संस्थापक, बर्तमान कार्यसमिति सदस्य सीता शर्मालाई संस्थाले समाजमापछि परे पारीएका व्यक्ति तथा समुदायको चेतना स्तरमा बृद्धि गरी गरिवी न्यूनिकरण गराउने अभिप्रायले सञ्चालन गरिरहेको लघुवित्त कार्यक्रमको सुरुवात गरी संस्थालाई यो अवस्थासम्म ल्याई पु¥याउन महत्वपूर्ण योगदान पु¥याउनु भएकोमा सम्मान–पत्र द्धारा सम्मान गरिएको थियो ।
स्थापना कालमा ४३२५ वार्षीक बजेटबाट सुरुवात भएको सिवाईसी २५ औं बसन्त पार गरिसक्दा अरबौं रुपैयाको कारोवार गर्ने आत्मनिर्भर संस्थाको रुपमा विकास भईसको छ । तित्याङको सानो भुगोलबाट स्थापीत संस्थाको हालको कुल सम्पत्ती मात्र १ अरब ११ करोड बराबर रहेको छ ।
स्थापना कालमा सुचना, संगठन, बचत र सिप जस्ता ४ वटा मुल मन्त्रलाई आत्मसाथ गरी कार्य अगाडि वढाएको संस्थाले संस्थाको विकासक्रमसंगै कामलाई पनि परिवर्तन गर्दै गईरहेको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले बताए ।
विगतमा माटो, बाटो, पानी ,खाल्टो भन्ने मूख्य ध्येयका साथ काम अघि बढाए पनी यसले मात्र जनअपेक्षालाई सम्बोधन गर्न नसकेपछि पछिल्लो समयमा स्वास्थ्य, शिक्षा, लघुवित्तबाट उज्यालो भविस्यमा ध्यान केन्द्रित गरेको पौडेलको भनाई थियो । सामाजिक विकासका लागि विभिन्न कार्यक्रम प्राथमिकतामा रहेको र सबै क्षेत्रमा संस्थाले काम गर्ने उनले बताए ।
गैसस माग्ने हुन् भन्ने आम मान्यतालाई चिर्दै माग्ने मात्र होइन अहिले गैससले पनि अनुदान दिन सक्छन् भन्ने प्रमाणित भएको उन्ले बताए । देशका विभिन्न जिल्लामा ३८ हजार बढि सदस्यसंग काम गरिरहेको सिवाईसी अब संस्था मात्र नरहेर सिवाइसी ग्रुपको रुपमा स्थापित भएको छ र हजाराौ महिला दिदीवहिनीहरुको लागि माइतीको रुपमा स्थापीत भएको अध्यक्ष पौडेलले बताए ।
कार्यक्रम संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षता उपाध्यक्ष लक्ष्मण खड्काको स्वागत र सचिव विरवहादुर किसानको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रमको उद्देश्य तथा संस्थाका गतिविधिहरुको बारेका प्रवन्धक संगिता शर्मा पौडेलले जानकारी गराएकी थिईन ।
संस्थाले हाल देशका ६ वाटा जिल्लामा २० वटा कार्यालयहरु र १३० जना कर्मचारीहरु मार्फत ग्रामिण भेगमा रहेको गरिव, विपन्न तथा पछाडि पारे पारिएका वर्गहरु माझ लघुवित्त कार्यक्रम मार्फत वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ । संस्थामा हाल ३८ हजार सदस्यहरु, ४७ करोड बचत, ९६ करोड लगानीमा रहिरहेको ऋण, ११ करोड कोष र १ अरब ११ करोड बरावरको कुल सम्पत्ती रहेको छ ।













































































































































































































