बागलुङ उद्योग बाणिज्य संघको आयोजनामा हुने पाँचौ बागलुङ महोत्सव धौलागिरी बहुमुखी क्याम्पस प्राङ्गणमा गर्ने निर्णय भएको छ ।
प्रदेश नम्बर–४ स्तरीय कृषि पर्यटन औद्योगिक व्यापार मेला तथा पाँचौ बागलुङ महोत्सव सम्पन्न गर्न बागलुङ उद्योग बाणिज्य संघले सर्बपक्षिय बैठक आयोजना गरि सबै सरोकारवाला बिच भएको छलफलमा यस्तो निर्णय भएको हो ।
महोत्सव आगामी पुस १४ गतेदेखि २३ गतेसम्म हुँने यसअघि नै तय भईसकेको छ । बागलुङमा पर्यटन भित्राउन यहाँ भएका कृषि उत्पादनको व्यापार प्रवर्दन गर्न बागलुङ महोत्सव प्रभावकारी बनाउनुपर्नेमा सबैले आआफ्नो ठाउँ बाट भुमिका खेल्न जरुरी रहेको धारणा राखेका थिए । जिल्लाका १० वटै स्थानीय तहलाई आयोजकमा राखी जिल्ला कै महोत्सव बनाएर लैजान सुझाव समेत राखेका थिए ।
बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीको अध्यक्षतामा भएको बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी ध्रुब गिरि, बागलुङ नगरपालिकाका उप–प्रमुख सुरेन्द्रबहादुर खड्का, जिल्ला प्रहरी कार्यालयका बागलुङका प्रमुख प्रहरी उपरिक्षक चन्द्रकुबेर खापुङ, स्थानीय बिकास अधिकारी रामप्रसाद आचार्य, जिल्ला बन अधिकृत बिन्दु मिश्र, बागलुङ नगरपालिका कार्यालयका योजना तथा प्रशासकीय अधिकृत युक्त प्रसाद सुवेदी, नेकपा एमालेका भरत पुरी, राजमोका थानेश्वर सुवेदी, सल्लाहकार देवबहादुर श्रेष्ठ, कृण्ण शंकर श्रेष्ठ, जिल्ला कृषि बिकास कार्यालयका बिप्लव अधिकारी, कालिका भगवती गुठी ब्यबस्थापन समितिका अध्यक्ष राजु खड्का, बागलुङ नगरपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष जीवन आचार्य, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका अध्यक्ष राजबहादुर थापा, नेपाल राष्ट्रिय बाणिज्य संघका अध्यक्ष पुनम शर्मा, अर्जुन चोखाल, लगायतका बक्ताले मेला महोत्सवले आर्थिक रूपमा जिल्ला लाई मद्दत पुग्ने खालको हुनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष जयराम भारी र संचालन महासचिव दयाराम पौडेलले गरेका थिए ।













































































































































































































