७ जेष्ठ २०८१, सोमबार

 

नेपाल सम्बत ११३८: बागलुङमा विभिन्न कार्यक्रम सहित मनाईने

नेपाल भाषा मंका:खल बागलुङले नेपाल संवत् ११३८ लाई बागलुङ सदरमुकाममा भब्य र सभ्य रूपमा सम्पन्न गर्न विभिन्न उप समिति गठन गरेको छ ।

नेपाल भाषा मंका:खल का अध्यक्ष काजी गाउँले श्रेष्ठकाे अध्यक्षतामा भएको बैठकले नेपाल सम्बत ११३८ कार्तिक २ गते  माेटर साईकल रेली सम्पन्न गर्न बागलुङ जेसिजका अध्यक्ष जाेन बज्राचार्य काे संयाेजकत्वमा उप समिति गठन गरेको छ ।

कार्तिक ३ गते हुने मुल समाराेह स हनुमान नांच, लाखे नाच  ,राेपाई नाच,प्रर्दशन गर्नका लागि युवराज राजभण्डारी, केशब वझा,गगन लाल शाक्य ,बिकास शाक्य ,निलेष राजभण्डारी ,सुदिप राजभण्डारी ,र अाशिष राजभण्डारी ,मुकेशचन्द्र राजभण्डारी ,दिवाकर मलेपति ,लाई जिम्मेवारी दिएको अध्यक्ष काजी गाउँले श्रेष्ठले बताए ।

नेपाल सम्बत का  दिन  समुदायमा याेगदान पुर्‍याउने ब्यक्तिलाई छनाैट गरि सम्मान गर्न छनाैट उप समिति गठन गरेको छ । उप समितिमा संयाेजक लालचन्द्र राजभण्डारी सदस्यहरू प्रेम छाेटा महेशचन्द्र प्रधान रहेकाछन् । अर्थ संकलन उप समिति संयाेजक शैलेन्द्र कुमार श्रेष्ठ सदस्यहरू रतन मलेपति जयराम भारी केशब वझा गगन शाक्य निर्माण कुमार  श्रेष्ठ,युवराज राजभण्डारी  मुकेश चन्द्र राजभण्डारी ,रहेका छन् ।

बागलुङ सदरमुकाममा रहदै अाएका नेवार समुदायले नेपाल भाषा मंका:खल गठन गरि दुई दशक देखि नेपाल सम्बत मनाउदै अाएका छन्  ।

फाईल तस्वीर

प्रतिक्रिया दिनुहोस्