१ जेष्ठ २०८२, बिहीबार

 

 म्याग्दीबाट लामो दुरीमा छुट्ने सवारी साधनमा यात्रुको चाप

म्याग्दीको सदरमुकाम बेनीदेखी लामो दुरीमा छुट्ने यातायातका साधनमा यात्रुहरुको चाप बढेको छ । बेनी देखि पोखरा, काठमाडौ, चितवन, भैरहवा लगायतका क्षेत्रमा चल्ने सवारी साधनमा यात्रुको चाप बढेको हो । दसै तिहार मनाउन जन्मथलो आएका सर्वसाधारण कार्य क्षेत्रमा फर्कनेहरुले सवारी साधन अभावमा समस्या भएको गुनासो गरेका छन् ।

सोमबार दिउँसो बेनीबाट पोखरा जानका लागि कालीपुल बसपार्कमा पुगेकी कृपा शर्माले टिकट काट्न र गाडी कुर्न तिन घण्टा पर्खनु परेको बताए । बेनीबाट पोखरा, काठमाडौ छुट्ने जिप, ट्याक्सी, माईक्रोबस र बसमा यात्रुको ठेलमठेल गरेर यात्रा गर्न बाध्य भएका छन् ।  दसै तिहार मनाएर सहरमा अध्ययन र रोजगारीका लागि जानेहरुको चाप बढेको यातायात व्यवसायीले बताएका छन् ।

धौलागिरी अञ्चल यातायात व्यवसायी समितिका कर्मचारी मुन्ना केसीले बेनीमा भएका बसले नपुगेपछि बागलुङबाट थप दुई वटा बस मगाएर यात्रुलाई गन्तब्यमा पठाइएको बताए । समितिले बेनी देखि लामो दुरीमा प्रत्येक चालीस मिनेटमा गाडी छुटाउने गरेको छ । बेनी पोखरा रुटमा चल्ने म्याग्दीकाली यातायात व्यवसायी समिति अन्तरगतका तिस वटा जिप पनी आईतबार र सोमबार निकै व्यस्त भएका थिए ।

पोखराबाट बेनी आउने यात्रु नभएपनी बेनीबाट पोखरा जानेको चाप रहेको समितिका कर्मचारी मानबहादुर कार्कीले बताए। बेनी पोखरा रुटका ट्याक्सीलाई समेत यात्रु बोक्न भ्याई नभ्याई छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले यात्रु नठगीउन भनेर चेकजाँच र सहायता कक्ष सञ्चालन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung