एनबी नन लाईफ ईन्सुरेन्स कम्पनी र आईएमई लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेडले बुधबार बागलुङमा साखा सुभारम्भ गर्दैछन् । दुवै बीमा कम्पनीले संयुक्त कार्यक्रम गरि छुट्टाछुट्टै शाखा उद्घाटन गरेर बागलुङबाट सेवा सुभारम्भ गर्न लागेका हुन् ।
बागलुङमा एनबीले २२ औँ शाखा सुरु गर्न लागेको हो भने आईएमईको चाहिँ बागलुङमा पहिलो शाखा औपचारिक शुभारम्भ गर्न लागिएको हो । राष्ट्रिय बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईले होटेल ब्राउन आईज परिसरमा हुने िविशेष कार्यक्रममा दुबै बीमा कम्पनीको शाखा उद्घाटन गर्ने कार्यक्रम छ ।
एनबीले सवै प्रकारका ननलाईफ बीमा सेवा बागलुमा पनि सुरु गर्न लागेको एनबी ननलाईफ ईन्सुरेन्स कम्पनी लिमिटेडका अध्यक्ष हेमराज ढकालले जानकारी दिए । यसको चुक्ता पुँजी ५७ करोड छ ।
आईएमई लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेडले आफ्नो पहिलो शाखा बागलुङमै औपचारिक रुपमा सुभारम्भ गर्न लागेको यसका अध्यक्ष डाक्टर रामहरि अर्यालले जानकारी दिए । ‘हामीले काठमाण्डौबाट त यसअघि नै सेवा सुरु गरिसकेका छौँ, तर औपचारिक उद्घाटन हुने पहिलो शाखा बागलुङकै हो,’ अध्यक्ष अर्यालले भने । यसको चुक्ता पुँजी १ अरब छ ।
शाखा उद्घाटनका क्रममा बागलुङ आएका नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्र ढकालले नेपालमा बीमा सचेतना आवश्यक रहेको बताए । उनले नयाँविश्वसँग कुराकानी गर्दै भने, ‘बीमा सम्बन्धि सचेतना नेपालमा कम छ, जम्मा जनसंख्याको झण्डै ७ प्रतिशतले मात्र बीमा गरेको तथ्याङ्क छ,’ उनले भने, ‘त्यसैले बीमा गर्न क्रमब बढाउन आवश्यक छ ।’
उनले मानिसको जीवन तथा विभिन्न व्यवसायमा हुन सक्ने सम्भावित दुर्घटनाको क्षेतीलाई बीमाले आर्थिक रुपमा सम्बोधन गर्ने बताए । ‘सरकारी र निजी क्षेत्रबाट पनि बीमाको महत्वलाई सामान्य नागरिकसम्म पु¥याउनुपर्ने आवश्यकता छ,’ आईएमई गु्रपको अध्यक्ष समेत रहेका ढकालले भने, ‘बाँकी ९३ प्रतिशत नागरिकमा बीमाको पहुँच विस्तार गर्नुपर्छ भनेरै हाम्रो आईएमई गु्रपले पनि बीमा क्षेत्रमा लगानी गरेको छ ।’
फाईल फोटा–एनबी नन लाईफ ईन्सुरेन्सको जावलाखेल शाखा उद्घाटनको हो ।













































































































































































































