
बागलुङमा एकै दिन दुई वटा इन्सुरेन्स कम्पनीको शाखा शुभारम्भ गरिएको छ । बुधबार आइएमई लाइफ ईन्सुरेन्स कम्पनी लिमिटेड र एनबी नन लाई ईन्सुरेन्स काम्पनी लिमिटेडका छुट्टाछुट्टै शाखा उद्घाटन गरिएको हो ।
आइएमईको पहिलो तथा एनबीको २२ शाखाको उद्घाटन कार्यक्रम बागलुङ बजारको ब्राउन आईज होटेल परिसरमा भएको छ । संयुक्त रुपमा भएको कार्यक्रममा दुबै शाखाको उद्घाटन राष्ट्रिय बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागांईले गरे ।
कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, कम्पनीको संचालक समितिका अध्यक्ष डा. रामहरी अर्याल लगायत कम्पनीका पदाधिकारी म्याग्दीका प्रमुख जिल्ला अधिकारी, बागलुङ र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष, स्थानिय उद्योगी, व्यवसायी बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, बाग्लुङ स्थित विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न यातायात समितिका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
शाखाको उद्घाटन कार्यक्रममा चिरञ्जीबी चापागांईले भर्खरै स्थापित कम्पनीले जीवन बीमाको माध्यमबाट रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहक महानुभावहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाब दिए ।
उक्त अवसरमा जीवन बिमा क्षेत्रको विकास र विस्तार गरी अग्रिणी बीमा कम्पनीको रुपमा आइएमई लाइफ इन्सुरेन्स कम्पनीलाई स्थापित गर्न सफलता मिलोस भनि शुभकामना व्यक्त गरे । सोही अवसरमा अध्यक्ष चापागांईले सबैले आफनो र परिवारको सदस्यको जीवन बीमा गरेर ढुक्क भएर जीवनयापन गर्न पनि उपस्थित सबैलाई अग्रह गरे ।
कम्पनीका संचालक समितिका अध्यक्ष डा. रामहरी अर्यालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए ।
कम्पनीले उद्घाटन भएको शाखा सहित देश भरी खोलिने ५५ वटा शाखाहरुबाट सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्र्नेे जानकारी गराउनु भयो । उक्त कार्यक्रममा अध्यक्ष डा. रामहरी अर्यालले कम्पनीले १ बर्षभित्र सर्बसाधारणलाई शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूंजी रु. २ अर्ब पुग्ने जानकारी गराए ।
आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी, व्यासायी, कृषक, सर्वसाधारण साथै आन्तरिक एवं वाह्रय प्रर्यटनको साथ साथै मेची देखि महाकालीबाट बैदेशीक रोजगारीमा रहेका नेपालीहरुको लागि समेत यस आईएमई समूहले छिटो छरितो, भरपर्दो एवं विश्वसनियता सेवा प्रदान गर्ने उद्देश्यले आन्तरिक एवं वाह्य रेमिटान्स सेवा, बैकिङ, जीवन तथा निर्जीवन बीमा सेवा, पर्यटन प्रवद्र्धनको लागि केबलकार, अटोमोवाईल सेवा, जलबिद्युत उत्पादन जस्ता सेवाहरु प्रदान गर्दै आईरहेको छ भने बागलुड. जिल्ला हाम्रो आफ्नै जन्मस्थान रहेकोले यस जिल्लामा समेत हाम्रा विविध सेवाहरु प्रदान गर्न पाउंदा आफुलाई खुसी लागेको बताए ।
ढकालले कम्पनीहरुको उत्तरोत्तर प्रगतीको कामना गर्दै आफ्ै गृह जिल्लामा आएर यसरी सेवा दिन पाउंदा खुशी लागेको बताउंदै सबैले आफनो जीवन तथा सम्पत्ती तथा व्यावसायको हाम्रा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुबाट गराउन समेत अनुरोध गरे । उक्त कार्यक्रममा कम्पनीको बाग्लुङ्ग शाखाले सोही दिन रु २० लाख बीमा शुल्क आर्जन गरेको जानकारी दिईएको छ ।
कम्पनीले आफ्ना शाखा तथा सम्पर्क कार्यालयहरु मार्फत आफना ग्राहक महानुभावहरुलाई उच्च कोटीको चुस्त तथा सहज सेवा प्रदान गरी देशको कुना कुनासम्म जीवन बीमा सेवा प्रदान गर्ने जानकारी ढकालले गराउंदै उपस्थित सबै महानुभावलाई आफनो र परिवारको आवश्यक रकमको बीमा गराउन पनि अनुरोध गरे ।
सोही कार्यक्रममा उद्योग वाणिज्य संघ बागलुड., प्रमुख जिल्ला अधिकारी बागलुड. लगायत विभिन्न संघ, संस्था, बैंक तथा वित्तीय कम्पनी, सहकारी संस्थाका प्रमुखहरुले कम्पनीले स्थानिय स्तरमा सेवा प्रदान गर्नको लागि बाग्लुङको बाग्लुङ बजारमा शाखा विस्तार गरी बीमा सेवा प्रदान गर्ने प्रण गरेकोमा कम्पनीका अध्यक्ष तथा संचालक समिति लगायत व्यवस्थापनलाई धन्यवाद दिंदै कम्पनीको उत्तरोत्तर प्रगतिको कामनाका साथ कम्पनीसंग व्यवसाय विस्तार गर्ने प्रतिवद्धता जनाए ।