१ जेष्ठ २०८२, बिहीबार

 

म्याग्दी उद्योग वाणिज्य संघको अधिवेशन: ‘लगानी भित्राउन पहल गर्नुस्’ उपाध्यक्ष ढकाल

म्याग्दी उद्योग वाणिज्य संघको अधिवेशन सुरु ‘लगानी भित्राउन पहल गर्नुस्’ उपाध्यक्ष ढकालम्याग्दी उद्योग वाणिज्य संघको २४ औ साधारणसभा तथा दसौ अधिवेशन शनिबारदेखि बेनीमा सुरु भएको छ ।

अधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले म्याग्दीमा पर्यटन, उर्जा र कृषिको आधुनिकीकरणमा लगानी गर्न ईच्छुक रहेको बताउँदै आवश्यक वातावरण र सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरे ।

“म्याग्दीका उद्योगी, व्यवसायी र लगानीकर्तासंग मिलेर कुनै प्रोजेक्ट बनाउने ईच्छा छ” ढकालले भने, “संयुक्त लगानी भित्र्याउने वातावरण मिलाउन जिल्लाका सरोकारवालाले पहल गर्नुहोस ।” पर्यटन, जलविद्युतको विकास, कृषिको आधुनिकीकरण मार्फत रोजगारी सिर्जना गरी आत्मनिभर बनाउन सकिने बताए ।

हालै पारित भएको श्रम र सामाजिक सुरक्षा ऐनले उत्पादनशिल क्षेत्रमा निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहीत गरेको उपाध्यक्ष ढकालको भनाई थियो । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि देशमा राजनितिक स्थिरता कायम भई लगानीको वातावरण बन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पुर्व जनप्रतिनिधि, संघका पूर्व अध्यक्ष, विभिन्न राजनितिक दल र संघ संस्थाका प्रतिनिधिले स्थानीय उद्योगी व्यवसायीलाई जिल्लाको पर्यटन र जलविद्युतको क्षेत्रमा लगानी भित्र्याउनका लागि अगुवाई गर्न आग्रह गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष जिवनबहादुर विश्वकर्माले संघको गतिबिधिको बारेमा जानकारी गराए ।

बेनी बजारमा सिसीटिभी क्यामेरा जडान, धौलागिरी सेञ्चुरी पदमार्गको पहिचान र नक्साङकन्, कोरला नाका सञ्चालनका लागि दवाव सिर्जना, घुम्ती कर शिवीर सञ्चालन, एक गाउँ एक उत्पादन कार्यक्रम अन्तरगत टिम्मुर खेती प्रर्वद्धन, बेनी बजार संरक्षण अभियान, स्थानीय उत्पादनको बजारीकरण र कला संस्कृती संरक्षणका लागि महोत्सव सञ्चालन लगायतका काम गरेको जानकारी गराए ।

अधिवेशनबाट तिन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछ । वर्तमान बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्यलाई अध्यक्ष तथा अन्य पदाधीकारी र सदस्य समेत सर्वसम्मत चयन गर्ने विषयमा सहमती भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung