
ताराखोला गाउँपालिका–३ हिल घुस्मेलिमा हरेको त्रीशुली युवा क्लब ले आयोजना गरेको हरिबोधनी एकादशी मेलाको शनिबार उद्घाटन भएको छ । उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै ताराखोला गाउँपालिका नम्बर ३ का अध्यक्ष डिल बहादुर बस्नेतले एकादशि मेला गलकोट क्षेत्र कै सान रहेको बताउदै मेलालाई थप व्यवस्थापन गरेर अगाडि लैजानको लागि पनि आफुले सम्बन्धित क्षेत्रमा समेत पहल गर्ने कुरा मा जोड दिए ।
त्यस्तै कार्यक्रममा हरि माध्यमिक विद्यालय हिलका प्रधानध्यापक हरि प्रसाद पौडेलले समाजको मौलिकपन जोगाए संगै लुकेर रहेका प्रतिभाको समेत कदर गरेको बताए । कार्यक्रममा क्लबका सल्लाहकार गणेश चोखाल , पुर्व सचिव क्षेत्र बहादुर बस्नेत र उपाध्यक्ष खड्का कार्कीले मन्तव्य राखेका थिए । “घुम्टे हाम्रो सान, पर्यटन बिकास हाम्रो अभियान” भन्ने मुलनारा सहित संचालन गरिएको मेलामा कार्यक्रम सचिव गणेश कार्कीको स्वागत मन्तव्य हरिबोधनी एकादशी मेलाका कार्यक्रम संयोजक जीवन बस्नेतको अध्यक्षता र पत्रकार शान्त खत्री मौसम र सुमित्रा सुनारको संचालनमा सप्पन्न भएको थियो ।
नयाँ संरचनाको वार्ड स्तरीय पुरुष भलिबल प्रतियोगितामा २५ समूहको नाम दर्ता भएको बताईएको छ । शनिबार संचालन भएको प्रथम चरणको खेलमा हरिबोधनी एकादशी मेलाले त्रीशुली क्लब लाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । भोलि बिहान ७ बजेदेखि पहिलो चरणको बांकि खेल संचालन हुने छ भोलि नै सोलो बाईक रेस भु. पु भलिबल प्रतियोगिता संचालन हुने छ ।
कार्यक्रमको अवसरमा राष्ट्रिय स्तरका चर्चित कलाकार राजु ढकाल , देवि घर्ती , सुस्मिता घर्ती अ्म्मर धिताल , मन्जु गुरुङ को बिशेष प्रस्तुति रहने छ संगै प्रतियोगिताका साथमा त्रीशुली नदिमा लोक बाजा, भजन सहित ३६५ हात लामो तोरण तारेर मनाउने कार्यक्रम छ । कार्यक्रमको समापन कार्तिक १४ गते ताराखोला गाउँपलिका प्रमुख प्रकाश घर्तीले सम्बोधन गरेका थिए ।