३ जेष्ठ २०८२, शनिबार

 

बुटवल–बरेङ सिधा रात्रिबस सुरु

बुटवल देखी बागलुङको बरेङसम्म सिधा रात्रिबस सेवा आईतबारदेखि पुन संचालनमा आएको छ । विगत १ वर्षदेखि यात्रुहरुको माग र आवश्यकतालाई मध्यनजर गरेर बुटवलदेखी बरेङसम्म को लागि चल्ने सिधा रात्रि बस वर्षाको समयमा बाढी पहिरोले बन्द भएको र वर्षा

याम सकिए पछि संचालनमा आएको बरेङ काउन्टर व्यवस्थापक कृष्ण बहादुर थापाले जानकारी दिए । आईतबार लु ५९५८ नम्बरको बस बुटवलका लागि छुटेको थियो । बरेङ बजार देखी बुटवल सम्म यात्रा गर्न एक यात्रुले ६ सय भाडा तिर्नुपर्ने व्यवस्था गरेको बताईएको छ ।

बुटवलका लागि बरेङदेखी सिधा सब सञ्चालनमा आए पछि बरेङ र त्यस आसपासका जनतत खुसी भएका छन । बस प्रत्येक दिन साँझ ५.३० बजे बरेङ बजारदेखी छुट्ने काउण्टर व्यवस्थापक थापाको बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung