
पेट्रोनास लुब्रिक्यान्टस्को धौलागिरीकै आधिकारिक विक्रेता बागलुङ भागवती टे«डर्सले अर्धवार्षिक लक्ष्य पुरा गरेका सब डिलरलाई पुरस्कृत गरेको छ ।
वार्षिक स्किम अफर अन्तरगत गत पुस महिनादेखि असारसम्म पेट्रोनास लुब्रिकान्टस (मोविल) विक्रीको लक्ष्य पुरा गरेका ९ वटा सव डिलरलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुने सव डिलरले वार्षिक स्किम अफर अनुसारका विभिन्न सामग्री पाएका बागलुङ भगवती ट्रेडर्सका सञ्चालक मनोज खड्काले जानकारी दिए ।

मनोज खड्का
‘पेट्रोनास लुब्रिकान्टस्को वर्ष भरिको विक्री लक्ष्य अनुसार उत्कृष्ट भएका ९ वटा सव डिलर तथा व्यक्तिलाई हाम्रो केन्द्रीय स्किम अनुसार नै पुरस्कार दिएका हौँ,’ खड्काले भने, ‘यो पटक पुरस्कृत भएकाहरु सबै गएको पुसदेखि असारसम्म ६ महिना अवधि भित्र धेरै बेचेर छनोटमा परेका हुन् । ।’
उनले पेट्रोनास मोविल धेरै विक्री गर्ने व्यवसायीलाई प्रोत्साहित गर्न पुरस्कार प्रदान गर्ने गरिएको बताए । बागलुङका पाँच, म्याग्दीका तीन र पर्वतको एउटा सव डिलरले लक्ष पुरा गरे अनुसारको पुरस्कार पाएका हुन् ।
स्किम अफर अनुसार बागलुङको बागलुङ कालिका ट्रेडर्सले एक जनाको लागि दुबई भ्रमण गर्ने अवसर पाएको छ ।
त्यस्तै बागलुङका पञ्चनाग अटोमोवाईल्सले ३२ ईञ्चको एलईडी टिभी, सातबिसे कन्स्ट्रक्सन प्रालिले स्यामसुङ जेटु मोवाईल, धौलागिरी मोटर पार्टसले स्यामसुङ जे सेभेन मोवाईल र जगदम्बा मोटर पार्टस्ले ब्लाङ्केट उपहार पाएका छन् ।
म्याग्दी बेनीका रारा आटोमोवाईल्स र मुक्तिनाथ मोटर पार्टस्ले ३२ ईञ्चको १/१ वटा एलईडी टिभी र देबीलाल शर्माले स्यामसङ जे सेभेन मोवाईल प्राप्त गरेका छन् । पर्वतको एटुजुड मोटर पार्टस कुश्माले पनि स्यामसुङको जे टु मोवाईल नै पाएको छ ।