७ बैशाख २०८१, शुक्रबार

 

मोवाईल एपबाट संसारका नेपालीलाई जोड्दै उप्रेती

नेपालको सुचना प्रविधि क्षेत्रकालागि अहोरात्र काम गर्ने यी युवा हुन शंकर उप्रेती । विदेशमा बसी नेपाली समुदायलाई योगदान पु¥यारउने नामहरुमा उप्रेती छुट्ने कुरै भएन । उनले मोवाईल एपहरु मार्फत लाखौं नेपालीलाई जोडिरहेका छन् । हाम्रो पात्रो नामको मोबाईल एपतपाईले पक्कै चलाउनुहुन्छ । यही एपकै कारण नेपाली माझ उप्रेतीको वाहवाही बढिरहेको हो । साथमाहाम्रो किबोर्ड नेपाली इंगलिस डिक्सनरी हाम्रो न्युज एन्ड म्यागेजिन जस्ता लोकप्रिय नेपाली एप उनकै अग्रसरतामा बनेका हुन ।
मैले व्यक्तिगत प्रयोजनका लागि हाम्रो पात्रो बनाएँ । आज यही एप उपयोगी नेपाली एप हरुमध्ये सर्वाधिक सफल बनेको छ । अनि यो सफलतामा लाखौं नेपालीहरुको विश्वास र माया उत्तिकै मिलिरहेको छ , उनले सुनाए । यहि कारण उप्रेतीले सिलिकनभ्यालीको प्रतिष्ठित आइटी कम्पनीको आकर्षण जागिर छोडे । अहिले हाम्रो पात्रोलाई पुर्णकालिन नेतृत्व गरिरहेका उनलाई नेपालको मोवाईल एप्स क्षेत्रका आइकन भन्दा फरक नपर्ला ।
बाराको सामान्य परिवारका उप्रेती स्कुलमा कहिल्यै दोस्रो हुनु परेन । सन् २००४ मापुल्चोक इन्जिनियरिङ कलेजमा कम्प्युटरमा बिई सक्दापनि उनको नामअघि टपर थियो । यसपछि उप्रेतीले ४ बर्षसम्म डा. रुद्रराज पाण्डेद्धारा सञ्चालित डिटुहकाईमा प्रोग्रामर भई काम गरे । यसपछि डिटुहकाईले नै उनलाई अमेरिकामा कम्प्युटर इन्जिनियरिङमा मास्टर्स गर्ने अवसर जुराईदियो । ७ कक्षासम्म कम्प्युटर नै नदेखेको मान्छेको जीवनले अमेरिका पुग्दासम्म अकल्पनीय छलाङ मारेको थियो ।
अमेरिकामा सुरुवातीदिनहरु राम्रै थिए । त्यसपछिका दैनिकी केही पट्यारलाग्दा बने । कारण के भने म नेपाली तिथि मिति र चाडपर्बबारे बेखबर बन्नपुगे अरु नेपालीको पनि यो साझा समस्या थियो । अनि आफ्नै लागि नेपाली तिथि मितिसहितको मोबाईल एप सन २०१० माआइओएस संस्करणमा बनाएको हुं हाम्रो पात्रोको सुरुवातीकथा सुनाउदै उनले भने ।
पछि उनले हाम्रो पात्रोलाई एपस्टोरमै राखे । यो एपस्टोरमा दर्ता भएको पहिलो नेपाली एप बन्यो । विदेशमा रहेका नेपालीले निकै मन पराउन थालेपछि सन् २०१२ मा एन्ड्रोइड संस्करणमा पनि हाम्रो पात्रो निमार्ण भयो । आज स्मार्टफोन पारखीलाखौं नेपालीभाषीसंग हाम्रो पात्रो एप छ । ६ एमबी साइजको हाम्रो पात्रो एपमा दर्जनौ सुविधा दिइएको छ । २३ लाखभन्दा बढीले डाउनलोड गरिसकेका छन । यतिमात्रै कहाँहो र ?युनिकोडमा नेपाली टाइप गर्न समस्या भइरहेका बेला उनले हाम्रो किबोर्ड बनाए, जसबाट जोकोहीले नेपालीमा टाइप गर्न पाएका छन । यो एप निमार्ण भएको १८ महिनामै १ मिलियन डाउनलोड भयो । अहिले यो किबोर्ड १० औं लाख नेपालीले सजिलै चलाइरहेका छन् । अटो करेक्सनसमेत गरिदिने यो एपले नेपाली भाषाको विकास र प्रवद्र्धनमा योगदान दिएको उनको विश्वास छ । अमेरिकामा रहँदा आइटी कम्पनीमा फुल टाइम जागिरे हुँदाहुँदै उनले यस्ता एपहरु बनाए ।
सन २०१५ सम्म उनी सिलिकनभ्यालीको चर्चित सेक्युरिटी सफ्टवेयर निर्माता सिमेन्टिक कर्पोरेशनका उच्चतहका जागिरे थिए । उनलाई पैसाले नपुग्दो थिएन । तर, हजारौ डलरको जागिरे भन्दा आफुले जन्माएको हाम्रो पात्रोलाई हुर्काउन सोचे । अनि सिमेन्टिक छोडेपछि पुर्णकालिन रुपमा हाम्र्रो पात्रोमै समर्पित भए । उनले हालै हाम्रै पात्रोको नेपाल सव्सिडियरी कम्पनीका रुपमा काठमाडौंमा स्मार्ट आइडिया प्रालि खोलेका छन ।

साभार :आइसिटी म्यागजिन

प्रतिक्रिया दिनुहोस्