जिल्ला शिक्षा कार्यालय बागलुङले गलकोट नगरपालिका भित्रका विभिन्न विद्यालयमा अनुगमन तथा निरिक्षण गरेको छ ।
जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेल सहितको टोलीले खरुवा माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नं ४, प्रगति आधारभुत विद्यालय, प्रगति बाल विकास केन्द्र गलकोट नगरपालिका वडा नं ७, नवज्योति प्राथमिक विद्यालय, पाण्डवखानी माध्यमिक विद्यालय र रमुवा आधारभुत विद्यालय गलकोट नगरपालिका १० मा अनुगमन तथा निरिक्षण गरेको हो ।
अनुगमन तथा निरिक्षणको क्रममा विद्यालयको शैक्षिक, भौतिक अवस्थाको बारेमा जानकारी लिईएको पृथ्वी माध्यमिक विद्यालय हरिचौर श्रोतकेन्द्रका श्रोत व्यक्ति बम बहादुर थापाले जानकारी दिए ।
निरिक्षण तथा अनुगमन कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी कुश्माराज उपाध्यय, शिव माध्यमिक विद्यालय काॅडेबास श्रोत केन्द्रका श्रोत व्यक्ति दिनेश पन्त लगायतको उपस्थिति रहेको थियो ।













































































































































































































