३१ बैशाख २०८२, बुधबार

 

मगर विद्यार्थी संघ म्याग्दीले ग¥यो ब्रेनट्युमर रोगीलाई सहयोग

नेपाल मगर विद्यार्थी संघ म्याग्दीले तिहार पर्वको अवसरमा देउसी भैलो खेलेर संकलन गरेको रकम बिरामीको उपचारका लागि सहयोग गरेको छ ।ब्रेनट्युमर रोगबाट थलीएको रघुगंगा गाउँपालिका ४ दग्नामकी करुणा गर्बुजाको उपचारका लागि शुक्रबार संघले पाँच हजार ५ सय ५५ रुपैया सहयोग गरेको हो । संघका अध्यक्ष श्याम थापा, पदाधिकारी र सदस्यहरुको टोलीले ओमकुमारी शान्ति कोषद्धारा सञ्चालीत करुणा बचाउ अभियानका संयोजक देवेन्द्र फगामीलाई रकम हस्तान्तरण गरिएको छ ।

संघले सोही अवसरमा परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई पाँच हजार ५सय ५५ रुपैया सहयोग गरेर आजिवन सदस्यता लिएको छ । सो कार्यक्रममा धौलागिरी गाउँपालिका ५ मल्कवाङका रवीन छन्त्यालले करुणाको उपचारका लागि एक हजार रुपैया सहयोग गरे । कोषका अध्यक्ष राजेश शाक्यको अध्यक्षता र सदस्य सन्दिप खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैगरी मगर विद्यार्थी संघ म्याग्दीले तिहार पर्वको अवसरमा खेलेको देउसी भैलोबाट दुई लाख ३२ हजार ८७९ रुपैया बचत भएको जनाएको छ । बेनी बजारमा खेलीएको देउसी भैलोबाट तिन लाख ५५ हजार १११ रुपँैया संकलन भएकोमा एक लाख २२ हजार २ सय ३२ रुपँैया खर्च भई उक्त रकम बचत भएको संघले जनाएको छ ।

संघको बेनी सामुदायिक ईकाई समितिको नेतृत्वमा आगामी हप्ता बेनपा ५ बगुवाखोलामा रहेको बालजागृती आधारभुत विद्यलयमा सञ्चालीत बौद्धीक अपाङगता स्रोत कक्षालाई खाद्यान्न र लत्ताकपडा सहयोग गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung