
जलबिद्युत आयोजना निर्माणको जिम्मा लिएका ठेकेदारले आयोजना स्थलमा सञ्चालनमा ल्याएको क्रसर उद्योगबाट उत्पादित सामाग्री आयोजना निर्माण कार्यमा मात्र प्रयोग गर्न पाउँछन । यस्ता क्रसर उद्योगहरुले उत्पादित सामाग्रीहरु अन्यत्र बिक्री बितरण गर्न मिल्दैन ।
तर यसरी सञ्चालित उद्योगले रातरात निर्माण सामाग्री अन्य ठेकेदार र निर्माण आयोजनामा बिक्री गरेको पाइएको छ । यसरी अनधिकृत रुपमा निर्माण सामाग्री बिक्री गर्दा पनि स्थानिय प्रशासन भने मौन छ ।
मोदी इनर्जी प्रालिले पर्वतको मोदी गाउँपालिका र कुस्मा नगरपालिकामा निर्माण गरिरहेको २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलबिद्युत आयोजनाको ठेकेदार कम्पनीले सञ्चालन गरेको क्रसर उद्योगले अबैध रुपमा निर्माण सामाग्री बिक्री गरेको हो ।
आयोजनाको सिभिल तर्फको ठेकेदार कम्पनी आशिष, नयाँबाटो, फेवा जेभिले सञ्चालन गरेको क्रसर उद्योगले बिभिन्न क्षेत्रमा अबैध रुपमा सामाग्री बिक्री गरेको भेटिएको छ । ठेकेदार कम्पनीले आयोजनाको क्षेत्र भित्र र आयोजनाको प्रयोजनको लागि मात्र निर्माण सामाग्री उत्पादन र खपत गर्न पाउँछ ।
त्यसका लागि आयोजनाको स्बकृीत वाताबरणीय प्रतिबेदन भित्र रहि क्रसर प्लान्ट राख्ने बिद्युत बिकास बिभागबाट स्विकृती पाएको छ । मोदीखोला किनारमा रहेको यो क्रसरले अन्य निजी क्रसर उद्योगले जस्तो सबै वातावरणीय प्रभाव मुल्याङ्कनदेखि सरकारले तोकेका मापदण्ड पनि पुरा गर्नुपर्दैन । बिशेष सुबिधा प्राप्त गरेर सञ्चालित उद्योगको मुनाफाका लागि अन्यत्र सामाग्री बेचिरहेको छ ।
ठेकेदार कम्पनीले निमाणधिन महिलाहरुको लागि सुरक्षित आवासगृह सेफ हाउस का तत्कालिन जिल्ला प्रहरी प्रमुख डिएसपी गंगा पन्तको बिशेष आग्रहमा गिटी र बालुवा उपलब्ध गराएको दाबी गरेको छ । यस्तै कुस्मामा नै निर्माण भएको ब्याडमिन्टन कवर्डहलको लागि निर्माण पर्वत ब्याडमिन्टन संघका अध्यक्ष प्रेम गुरुङ माईलाको आग्रह अनुसार बालुबा तथा गिटिहरु पठाएको स्विकार गरेको छ ।
प्रहरी प्रशासनले नै यस्ता सामाग्री निकासी पैठारी गरेको भेटिएको काबार्ही गर्नुपर्ने थियो । तर उसले नै बाहिर बिक्रीका लागि आग्रह गरेको स्वयम ठेकेदारले नै बताएका छन । कम्पनीका साइड इन्र्चाज हरिमणी बराल क्यामरामा भने बोल्न मानेन । उनले सामाग्री पठाएको भने स्विकार गरे । बरालले आयोजना क्षेत्र बाहेक अन्यत्र माल सामान बिक्री बितरण नगरेको तर साथीभाईले सहयोग मागेपछि आफु हार्न नसकेर केहि साथीभाईलाई सहयोग मात्र गरेको दाबी गरे ।
यी दुई त उदारण मात्र हुन उक्त क्रसर उद्योगले रातको समय पारेर दोबिल्ला फलेबास सडक पक्की गर्ने काममा तथा मोदी गाउँपालिकामा निर्माण भैरहेको १५ मेघावाट क्षमताको मध्यमोदी जलबिद्युत आयोजनामा समेत सामाग्री पठाइरहेको पाइएको छ ।
मध्यमोदी जलबिद्युतको सिभील तर्फको निर्माण कार्य समेत आशिष, नयाँबाटो, फेवा जेभिले निर्माण गरिरहेको छ भने दोबिल्ला फलेबासको स्तरउन्नतीको काम समेत सोही कम्पनीले गरिरहेको छ । एउटै कम्पनीले निर्माण गरेपनि तल्लो मोदीखोला जलबिद्युत आयोजनाको निर्माण कार्य बाहेक अन्यत्र सामाग्री पठाउन प्रतिबन्धित छ । नयाँ आयोजनामा निर्माण सामाग्री पठाउन त्यही नै अर्कोे क्रसर खोल्नुपर्ने प्राबधान रहेको छ ।
जिल्ला प्रशासन कार्यलय पर्वतको २०७१ साउन १ गतेको निर्णयले आयोजनाको क्षेत्रभित्र मात्र क्रसर उद्योगबाट उत्पादित मालसामान प्रयोग गर्ने पाईने अथबा अन्यत्र ब्यापारिक प्रयोजनमा प्रयोग गरेको पाईएमा कानुन अनुसारको कारवाही गरिने निर्णयमा उल्लेख छ । तर उद्योगले खुलेआम सामाग्री बिक्री बितरण गरेको छ । क्रसरले आयोजनाको बहाना बनाएर अन्यत्र मालसामान बिक्री बितरण गर्दै आएको छ ।
आयोजनाको काम सम्पन्न भएपछि क्रसर उद्योगले समेत अनुमति नपाउने भएसंगै आयोजनाकै सञ्चालकको मिलेमतोमा आयोजनाको काममा ढिलाई गरी पैसा कमाउने धन्दा अपनाउन थालेको आरोप लागेको छ ।
क्रसर उद्योगहरुको अनुगमन गर्ने निकाय जिल्ला समबन्य समितिले आयोजना क्षेत्रभित्र बाहेक अन्यत्र मालसामान बिक्री बितरण गरेको पाईएमा कानुन अनुसार कारबाही गरिने बताएपनि अहिले सम्म कतै काबार्ही गरेको पाइएको छैन ।
उद्योगले नियम बिपरित अबैध काम गरीरहेको स्थानीयले बताएपनि केही सुनुवाई हुन नसकेको स्थानियको गुनासो रहेको छ । यस बारेमा हामीले जिल्ला समबन्य समिति पर्वतका स्थानिय बिकास अधिकारी बिष्णु प्रसाद भुषाललाई सोधेका छौ किन काबार्ही र अनुगमन हुन सकेको छैन भनेर । उनले जवाफमा यसो भन्छन ।
आयोजनाको काममा समेत ढिलाई
मोदी इनर्जी प्रालिले २०७४ असारमा उत्पादन दिने भनेको आयोजनाले अझै उत्पादन दिन नसक्दा आयोजना सञ्चालक र क्रसर उद्योग सञ्चालकको मिलेमतोमा पैसा कमाउन धन्दा मौलाएको होकि भन्ने आम सर्बसाधारणहरुको बुझाई रहेको छ । आयोजनाको अहिले सम्म ९२ प्रतिशत मात्रै पुरा भएको छ । अझै बिद्युत गृह निर्मााण कार्य सकिएको छैन भने चार किलोमिटर लामो सुरुमा कंक्रिटी गर्ने काम पनि सकिएको छैन । केन्द्रिय प्रसारणमा जोड्नका लागि स्विचयार्ड, प्रसारण लाईनको काम पनि शुरु नै भएको छैन ।
पेनस्टक पाईप जडान देखि डिसेन्डर सम्मको काम पनि बाँकी नै छ । बर्षा याममा काम सम्पन्न गर्न कठिन भएकाले आगामी कार्तिक पछि निर्माणको बाँकी काम सक्नका लगि तिब्र रुपमा काम थाल्ने आयोजनाका प्रबन्धक पवनकुमार यादब बताउँछन । पौष महिना भित्रमा काम सक्ने गरी म्याद थप्ने तयारी भैरहेको छ तर आगामी बैषाख अघि काम सक्न कठिन देखिएको छ । अर्झ एक बर्ष भित्र काम सक्ने हो भने ठुलै कुरा हुने निर्माण कार्यमा संलग्नहरु बताउँछन ।
आयोजनाको काममा किन ढिलाई हुनुमा कामदार तथा निर्माण सामाग्री अभाब प्रमुख कारण भएको प्रर्बद्धकहरुको भनाई छ । आयोजनाको प्रयोजनको लागि खोलिएको क्रसर उद्योगबाट आयोजनाकै लागि सामाग्री नपुगेको र अन्यत्रबाटै आयोजनाको लागि सामाग्री खरिद गर्नूपरेको यादबले बताए ।
आयोजनाको काममा ढिलाई किन भएको र आयोजनाको लागि खोलीएको क्रसर उद्योगको बिषयमा क्यामेरामा आबाज दिन समेत आनाकानी गर्देै आबाज दिन माथि सोध्नु पर्ने भन्दै बोल्न चाहेनन् । २०६९ सालबाट शुरु गरिएको आयोजना २०७४ असार मसान्त सम्ममा सक्नुपर्ने भएपनि आयोजनाको काम अधुरै रहेको छ । अबैध रुपमा ढुंगा गिटि बिक्री बितरण गर्ने नपाईने भएपछि आयोजनाको काममा समेत अनेकन समस्याहरु देखाउँदै आएको आरोप कतै सत्य त होइन भनेर भन्न थालिएको छ ।