६ श्रावण २०८३, बुधबार

 

चीनकै धनीमा नयाँ व्यक्तिको उदय

चीनकै धनी मानिसमा नयाँ व्यक्तिको उदय भएको छ । चाइना इभरग्रान्डेका संसपक र रियल ईस्टेट टाइकुन सु जियायिन चीनकै धनी भएका हुन् । उनको सम्पत्ति ४३ अर्ब डलर पुगेको हुरुन चाइन लिस्टले जनाएको छ ।

यसभन्दा पहिले चीनकै धनी रहदै आएका डालियन वान्डा पाँचौ स्थानमा झरेका छन् । उनको सम्पत्तिमा ३० प्रतिशत गिरावट आएपछि धनीको सूचीमा पनि उनको स्थान ओरालो लागेको हो । गत वर्षको अवधिमा सुको सम्पत्तिमा २७२ प्रतिशतले वृद्धि भएको छ ।

उनले इभरग्रान्डेको ७० प्रतिशत भन्दा बढी हिस्सा लिएका छन् । यो कम्पनीको सेयर मूल्य यो वर्षको सुरुदेखि ४५० प्रतिशतले वृद्धि भइसकेको छ ।
चीनमा व्यापक चर्किएको सम्पत्ति बजारका कारण उनको सम्पत्तिमा पनि वृद्धि भएको हो । घर जग्गाको मूल्य मथ्थर पार्ने सरकारी प्रयासका बावजुद मूल्यमा लगातार वृद्धि भइरहेको छ ।

तर इभरग्रान्डको व्यवसाय विशाल आकारको ऋणमा चल्दै आएको छ । २०१६ को अन्त्य सम्ममा कम्पनीको ऋण झन्डै ५० अर्ब डलर पुगेको थियो ।  यो वर्षको सुरुमा सार्वजनिक गरिएको प्रतिवेदनमा उच्च व्याज खर्च र सेयर होल्डरलाई गर्नुपर्ने भुक्तानीका कारण ऋणलाई ठूलो परिमाणमा घटाउन कठिनाई  हुने उल्लेख गरिएको छ ।

रियल इस्टेटबाट यो वर्ष लाभ लिनमो सु एक्ला भने होइनन् । कन्ट्री गार्डेनकी ३६ वर्षिय याङ हुइयानको सम्पत्तिमा पनि ठूलो परिमाणमा वृद्धि भई २४ अर्ब डलर पुगेको छ । उनी चीनकै धनी महिला हुन् । उनी हाल हुरुनको चीनको धनी सूचीमा चौथो स्थानमा छिन् ।

तर यो भन्दा पहिले चीनकै धनी रहेका डालियन वान्डाको सम्पत्तिमा भने ठूलो गिरावट आएको छ । उनको हाल कुल सम्पत्ति २३ अर्ब डलर छ र उनी चीनकै पाँचौ धनीमा झरेका छन् । -एजेन्सी/कारोबारबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung