१ जेष्ठ २०८२, बिहीबार

 

यसरी जम्दैछन् भुपाल बागलुङको मार्वल बजारमा

‘कट्रिना मार्वल पसल’ मार्वल मात्र विक्री गर्ने गरि बागलुङमा खुलेको एउटै पसल हो । विशेष गरेर घर सजावटमा प्रयोग हुने विभिन्न प्रकारका मार्वल विक्री गर्ने यो पसल भुपाल कार्कीले ४ वर्षअघि सुरु गरेका थिए ।

उनले पसलबाट विभिन्न प्रकारका मार्वल, टायल, बाथरुम फिटिङका सामान तथा घरका लागि तयारी ढोका सेट लगायत अन्य घर सजावटका सामग्री विक्री वितरण गर्दै आएका छन् ।

‘खासमाा मार्वल विभिन्न कार्यालय, बैंक, सहकारी, घरका कोठाहरु, वाथ रुम, भान्छा कोठा, मन्दिर लगायतका ठाउँको सुन्दरता बढाउन प्रयोग हुनेगर्छ,’ उनले भने, ‘यसैका लागि हामीले अन्तराष्ट्रिय बजारबाटै गुणस्तरीय मार्वल ल्याएर सुपथ मुल्यमा विक्री गर्ने गरेका छौँ ।’

उनले ग्राहकको रोजाई अनुसारका मार्वल, टायल र अन्य सामग्री होल सेल र खुद्रा दुईटै मुल्यमा विक्री गर्ने गरेको बताए । उत्पादन हुने ठाउँबाट सिधै ल्याएर वेच्ने गरेकाले विरगञ्जकै मुल्यमा आफुले बागलुङबाट सामान वेच्ने गरेको उनको भनाई छ ।

२ करोडको लगानीमा सुरु भएको पसल बागलुङको गोदामघर चोकमा छ । उनले यी सामान भारतको राजस्थान, गुजरात, चीन र ईटालीबाट समेत ल्याउने गरेका छन् । ‘बागलुङमा मार्वल र टायलको प्र्रयोग बढ्दो छ, हामीले आवश्यकता अनुसार घरमै पुगेर फिटिङ पनि गरिदिन्छौँ,’ कार्कीले भने, ‘ग्राहकको छनोट अनुसारका मार्वल, टायल उनीहरुको फिट गर्नुपर्ने ठाउँमा जोडेर फाईनल गरिदिने काम पनि आफै गर्छौं ।’
घर–घरमै पुगेर मार्वट टायल र वाथरुमका सामान फिटिङ गरिदिन उनले ७ जना तालिमप्राप्त कामदार राखेका छन् । विश्वास दिलाउन सक्ने ग्राहकलाई २, ४ दिनका लागि उधारोमा समेत सामान दिने गरेको कार्कीले बताए ।  अहिले गलकोट, बुर्तिबाङ र म्याग्दीसम्म पनि आफु मार्फत मार्वल विक्री हुने गरेको कार्कीको भनाई छ । उनले बागलुङ नगर आसपासको क्षेत्रमा होम डेलिभरी सेवा समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung