३० बैशाख २०८२, मंगलवार

 

विप्लवका कार्यकर्ता पक्राउ   

नेत्रबिक्रम चन्द विप्लप नेतृत्वको नेकपाका एक जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बेनी नगरपालिका ४ तातोपानीका प्रेम श्रीसलाई शुक्रबार साँझ बेनीबाट प्रहरीले पक्राउ गरेको हो । निर्वाचन विरोधी गतिबिधिमा संलग्न भएकाले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले बताए ।

नेकपाका नेता गमबहादुर श्रीसले प्रहरीले आफ्ना कार्यकर्तालाई बिना कारण पक्राउ गरेको भन्दै रिहाईको माग गरेका छन । यसैगरी नेकपा माओवादी केन्द्र म्याग्दीले आफ्नै पेशा व्यवसाय गर्दै आएका व्यक्तिलाई पक्राउ गरेर प्रहरीले चुनावी वातावरण बिगार्न खोजेको प्रतिक्रया दिएको छ ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेलले प्रहरीले आफ्ना कार्यकर्ताहरुलाई समेत प्रहरीले तनाव र दुख दिएको भन्दै आपत्ती जनाए । मालीका गाउँपालिका ३ का थमबहादुर पुन, ६ का ओमकार रोका र ७ का थमन जुक्जालीलाई प्रहरीले अनावश्यक रुपमा पिछा गरेर दुख दिएको भन्दै यस्ता गतिबिधि नगर्न पौडेलले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung