२९ बैशाख २०८२, सोमबार

 

पहिलो पटक पाण्डवखानी पुग्यो बस

बागलुङको पाण्डवखानीमा पहिलो पटक वस आईपुगेको छ । संघीय संरचना अनुसार पाण्डवखानी गलकोट नगरपालिकाको १० नम्बर वडामा पर्छ ।

यसअघि गलकोटको मध्यपहाडी लोकमार्ग र जिल्ला सदरमुकाम आउँदा वस देखेका स्थानीयले आफ्नै ठाउँमा बस पुगेको देखेपछि निकै खुसी भए । उनीहरुले बस र बसका चालक सहित बस चढेर गाउँ पुगेका अन्यलाई समेत फुल, माला र अविर लगाएर स्वागत गरे । खुसियाली मनाए ।

बागलुङ भगवती यातायातको ग १ ख ५६९९ नम्बर को बस पहिलो पटक पाण्डवखानी पुगेको हो । पाण्डवखानीदेखि गलकोट हुँदै बागलुङ बजारसम्म नियमित वस सेवा सुरुवात गर्ने तयारीका लागि परिक्षणको रुपमा गाडी पठाईएको बागलुङ भगवती यातायात प्रालिका महासचिव मनोज खड्काले जानकारी दिए ।

उनले आवश्यक परिक्षण पछि अब तत्काल नियमित बस सेवा सञ्चालन गरिने जानकारी दिए । पाण्डवखानीको प्रवेशद्वार सिद्धथानदेखि सुनपानी हुँदै पाण्डवखानीको मुख्य वस्तीसम्म पुगेको वसलाई विभिन्न ठाउँमा उभिएका स्थानीयले स्वागत गरेका थिए । पहिलो पटक बस पुग्दा आफुहरुलाई निकै खुसी लागेको स्थानीय खोम श्रीसले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung