५ कार्तिक २०८३, बुधबार

 

वक्तृत्वकलामा फ्युचर प्रथम, रुद्रेपिपल द्वितिय र गरिमा तृतिय

धौलागिरी एफएम बागलुङले आफ्नो १३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा फ्युचर ब्राईटर आवासिय मावि बागलुङ प्रथम भएको छ ।

फ्युचरमा अध्ययनरत महिमा केसीले प्रथम स्थान पाएकी हुन् । त्यस्तै रुद्रेपिपल मावि बागलुङमा अध्ययनरत भावना पौडेल दोस्रो भईन् भने गरिमा आवासिय मावि बागलुङमा पढ्ने रोहित आचार्य तृतिय भएका छन् ।

‘समृद्धिका लागि सञ्चार माध्यमको भुमिका’ भन्ने विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा विभिन्न विद्यालयका ११ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

सोहि अवसरमा नेपाल पत्रकार महासंघ बागलुङ शाखा र धौलागिरी एफएमबीच भएको मैत्रीपूर्ण फुटवल प्रतियोगितामा पत्रकार महासंघ विजयी भएको छ । महासंघले दुई गोल गर्दा आयोजक धौलागिरी एफएमले १ गोल मात्र गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung